बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
८० पटक हेरिएको
Shares
बारा र धनुषामा मोटरसाइकल दु*र्घटना हुँदा २ जनाको मृ*त्यु

सारांश

  • बारा र धनुषामा भएका मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
  • बाराको करैयामाई गाउँपालिका–८ नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका ५० वर्षीय उमेश शाह सुनारको मृत्यु भएको छ ।
  • उनको उपचारको क्रममा न्युरो अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

१० साउन, काठमाडौं ।

बारा र धनुषामा भएका मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाराको करैयामाई गाउँपालिका–८ नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल हिँडिरहेका ५० वर्षीय उमेश शाह सुनारको मृत्यु भएको छ । उनको उपचारको क्रममा न्युरो अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा बाराको विश्रामपुर गाउँपालिका–५ बस्ने ४० वर्षीय पवन शाह सुनार घाइते भएका छन् । उनको उपचार जारी छ ।

मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसैगरी धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ मा गएराति मोटरसाइकल पल्टिँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका ८ बालुवाटोलका आनन्द उपाध्यायको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उपाध्यायलाई उपचारका लागि हिरा हेल्थ केयर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ६४२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार दुईजनाको अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
जडिबुटी प्रशोधन केन्द्रमा आगो लगाउने माओवादी कार्यकर्ता: ज्ञानेन्द्र शाही
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय मुक्ति क्रान्तिको तयारीमा जुटन अध्यक्ष राजेन्द्र महतो आग्रह
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने
राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सांसदको निर्वाचन माघमा हुने
अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह
अलैँची किसानको समस्या खोज्दै विज्ञ समूह
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
जनकपुरधामका संस्थागत शैक्षिक संस्था आजदेखि अनिश्चितकालीन बन्द
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई