विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २५, २०८२
|
|
४० पटक हेरिएको
Shares
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका

सारांश

  • २४ घण्टा बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरु खुलेका छन् ।
  • विमानस्थल खुले पनि तत्तका नै विदेशी जहाज नेपाल आउने र नेपाली जहाज विदेश उड्ने सेडुल छैन ।
  • आज राति साढे १० बजे थाई एयर भने नेपाल आउने सेडुल रहेको छ ।

२५ भदौ, काठमाडौं ।

२४ घण्टा बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अन्य विमानस्थलहरु खुलेका छन् । विमानस्थल खुले पनि तत्तका नै विदेशी जहाज नेपाल आउने र नेपाली जहाज विदेश उड्ने सेडुल छैन । आज राति साढे १० बजे थाई एयर भने नेपाल आउने सेडुल रहेको छ । भारतबाट पनि यात्रु बोकेर चाहेको समय जहाज आउन सक्ने छ । आन्तरिक तर्फ विभिन्न विमानस्थालमा रोकिएका जहाज एउटा विमानस्थलबाट अर्को विमानस्थलमा जान पाउने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द भएका हवाई उडानलाई पुनः सञ्चालनमा ल्याएको थियो । प्राधिकरणका अनुसार विमानस्थल दिउँसो साढे २ बजेबाट पुनः सञ्चालनमा आएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले विमानस्थल खुले पनि अहिले नै विदेशी जहाज नेपाल आउने सेडुल नरहेको बताए । उनले भने, ‘आन्तरिक तर्फका जहाजहरु कुनै एक विमानस्थलबाट अर्को विमानस्थल जान चाहेमा उड्न पाउने छन् । धेरै आन्तरिक जहाजहरु विभन्न विमानस्थलन नै रोकिएका छन् । ती जहाज एउटा विमानस्थलबाट अर्कोमा जान सक्नेछन् । भने, आज राति साढे १० बजे थाई एयरको जहाज नेपाल आने सेडुल रहेको छ ।

नेपाल एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा नै छ । यात्रु भएको अवस्थामा त्यो जहाज नेपालबाट विदेश उड्न सक्ने छ । भने, भारतबाट जहाज आउन चाहेमा आउन सक्ने छ ।’ अहिले विदेशी जहाज नेपालमा नरहेको विमानस्थलले बतायो । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आफ्ना सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिन र आधिकारिक टिकट तथा परिचयपत्रसहित मात्र विमानस्थल आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु
ड्युटी गर्दागर्दै प्रहरीको मृत्यु
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
धनुषाको मुखियापट्टीमा ११ वटा बिना दर्ता सञ्चालनमा रहेका विद्यालयहरु बन्द
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजनाः लगानी संरचना तत्काल तय गर्ने तयारी
सेप्टिक ट्यांकीमा भेटियो पत्रकारको शव
सेप्टिक ट्यांकीमा भेटियो पत्रकारको शव
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
सीमामा गरिब जनतालाई दु:ख नदिन सशस्त्र प्रहरीलाई मधेशी आयोगको आग्रह
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
गभर्नर मेरिटोक्रेसीका आधारमा नियुक्त हुने प्रधानमन्त्रीको दाबी
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
भारतका रक्षामन्त्री सिंहद्वारा शीर्ष सैन्य नेतृत्वसँग उच्चस्तरीय छलफल
आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै
आज माघे सङ्क्रान्ति, घिउ,चाकु,तरुल खाएर मनाइँदै
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा
रविले हाले कान्तिपुरविरुद्ध मुद्दा
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?