सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सिमलताल पहिरो : अहिलेसम्म १५ जनाको शव भेटियो

सारांश

  • चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
  • सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९:३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ ।
  • दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ ।

१ साउन, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।

सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान ९:३० बजेसम्म मृतकमध्ये आठ जनाको सनाखत भएको छ । दुर्घटनामा परी तीन भारतीय नागरिकको पनि मृत्यु भएको छ । भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको सनाखत भएको छ । यसैगरी चिवनको माडी-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा-३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका-२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर-६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटका १७ वर्षीय फिरोज राहुप मियाँको सनाखत भएको छ ।

उनीहरुको शव आफन्तले बुझिलगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । छ पुरुष एक महिला गरी सात जनाको शव अझै सनाखत हुन सकेको छैन । उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा र त्रिवेणी ब्यारेज क्षेत्रमा फेला परेका हुन् । गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
भक्तपुरमा तीन मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
प्रतिनिधिसभाको बैठक बस्दै,  आज अर्थमन्त्रीले जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, आज अर्थमन्त्रीले जवाफ दिने
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते
सामान्य विवादको कारण झगडा हुदा एक जना गम्भीर घाइते
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
सिनामंगल होटलमा झुण्डिएको अवस्थामा युवा–युवती मृत फेला
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि