झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा ४ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
झोलुङ्गे पुलको पर्खाल भत्किँदा रोल्पामा  ४ जनाको मृत्यु

सारांश

  • रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु भएको छ ।
  • आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
  • पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा पाँच जना पुरिएका थिए ।

१६ मंसिर, काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा चार जनाको मृत्यु भएको छ ।

आज बिहान ९ः५० बजे सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर सोही ठाउँका ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पर्खाल लगाउने क्रममा माटोको ढिस्को खसेर पुरिँदा पाँच जना पुरिएका थिए । दुई जना भने भाग्न सफल भएका थिए ।

बिहान १०ः२० बजे मानिसहरु पुरिएको खबर पाएपछि सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो । प्रहरीले मृत्यु भएका चार जनालाई बाहिर निकालेको र पुरिएका भनिएका अर्का एक जनाको खोजी भइरहेको जनाएको छ । मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलका लागि एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले जिम्मा लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो
त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
सर्लाहीमा राज्यमन्त्रीको गाडीले‌ दिए ठक्कर, घाइतेलाई वास्तानगरी फरार
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
भारतीय अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको काम अवरुद्ध
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री, एनसेलबारे जवाफ दिने
नेपालले अमेरिकाविरुद्धको टी-२० शृङ्खलामा क्लिन स्वीप गर्यो 
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट