स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
७३ पटक हेरिएको
Shares
स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सर्यो

सारांश

  • रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सोमवारदेखि औपचारिक रूपमा सिंहदरबार सरेको छ।
  • गत २४ भदौमा भएको विनाशकारी आगलागीका कारण मुख्य प्रशासनिक भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि मन्त्रालय लामो समयदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको पछाडिपट्टिको नयाँ भवनमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको थियो।
  • करिब चार महिना लामो अस्थायी व्यवस्थापश्चात् मन्त्रालय सोमबारदेखि सिंहदरबार परिसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा निर्माण गरिएको प्रिफ्याब संरचनामा सरेकाले अब सबै सेवा फेरि सिंहदरबारमै सञ्चालन हुने भएको छ।

 

२३ मंसिर, काठमाडौं ।

रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सोमवारदेखि औपचारिक रूपमा सिंहदरबार सरेको छ। गत २४ भदौमा भएको विनाशकारी आगलागीका कारण मुख्य प्रशासनिक भवन पूर्णरूपमा क्षतिग्रस्त भएपछि मन्त्रालय लामो समयदेखि नेपाल स्वास्थ्य अनुसन्धान परिषदको पछाडिपट्टिको नयाँ भवनमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको थियो। करिब चार महिना लामो अस्थायी व्यवस्थापश्चात् मन्त्रालय सोमबारदेखि सिंहदरबार परिसरमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा निर्माण गरिएको प्रिफ्याब संरचनामा सरेकाले अब सबै सेवा फेरि सिंहदरबारमै सञ्चालन हुने भएको छ।

स्वास्थ्य सचिव डा. विकास देवकोटाका अनुसार मन्त्रीस्तरका कक्ष तथा सचिवालयका सामानहरू पहिले नै सिंहदरबार पुर्‍याइएपछि आजदेखि मन्त्रालय औपचारिक रूपमा त्यहाँबाट नै सेवा सञ्चालन गर्ने तयारी पूरा भएको हो। “मन्त्री ज्यूको कार्यकक्षका सबै सामग्री सिंहदरबार सारीसकेका छन्। अब हाम्रा पनि सार्ने अन्तिम तयारी हो। भोलीबाट मन्त्रालयको सेवाहरु सिंहदरबारस्थित कार्यालयबाटै सञ्चालन हुन्छन्,” सचिव देवकोटाले बताए। उनका अनुसार मन्त्री र सचिवको कार्यालय सञ्चालन भएपछि बिस्तारै सबै महाशाखा, निकाय तथा सम्बन्धित इकाइहरू पनि तेस्तै स्थानान्तरित गरिँदै जानेछन्। मन्त्रालयका कर्मचारीका अनुसार कार्यसञ्चालन सहज बनाउन आवश्यक उपकरण, कागजात व्यवस्थापन र सूचना प्रवाह प्रणाली पनि क्रमशः स्थानान्तरित भइरहेको छ। डब्लुएचओको १.५ लाख डलर सहयोग सिंहदरबार परिसरभित्र नेपाली सेनाको नर्सिङ दल गणको नाममा रहेको खाली जग्गामा डब्लुएचओले करिब १ लाख ५० हजार अमेरिकी डलर लागतमा ६ वटा प्रिफ्याब ब्लक निर्माण गरिदिएको हो।
यी संरचनासँगै आवश्यक फर्निचर, कार्यकक्षका भित्री व्यवस्था र सूचना व्यवस्थापनका उपकरणहरू पनि उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ। डब्लुएचओले आपतकालीन अवस्थामा नेपालका महत्वपूर्ण सरकारी निकायलाई छिटो कार्य सञ्चालन गर्न सक्ने वातावरण बनाउने उद्देश्यले सहयोग गरेको बताएको छ।

अस्तव्यस्तता पछि सुरुआत


रामशाहपथस्थित भवनमा आगलागीपछि मन्त्रालयका सेवा प्रवाह प्रभावित भएको थियो। वैकल्पिक भवनमा सर्ने क्रममा कागजी दस्तावेज व्यवस्थापन, दैनिक फाइल प्रवाह, बैठक तथा समन्वयजस्ता कामहरु चुनौतीपूर्ण बनेका कर्मचारीको अनुभव छ।
सिंहदरबारमै कार्यस्थल फर्किएपछि कामकाज फेरि सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ। मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार नयाँ प्रिफ्याब ब्लकहरू पूर्णरूपमा आधुनिक संरचना हुन् र आवश्यकताअनुसार विस्तार गर्न पनि सकिनेछ। यद्यपि, यो व्यवस्थालाई दीर्घकालीन समाधान मानिएको छैन। सरकारले रामशाहपथस्थित जलेको भवन पुनर्निर्माणका बारेमा छुट्टै योजना बनाइरहेको बताइए पनि पुनर्निर्माणका स्पष्ट समयसीमा भने अझै सार्वजनिक गरिएको छैन। स्वास्थ्य मन्त्रालय सिंहदरबारमा फर्किएको खबरले मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने निकाय, स्वास्थ्य संस्था, संघ–संस्था तथा आम नागरिकमा सेवा पुनः सुव्यवस्थित हुने अपेक्षा जगाएको छ। मन्त्रालयले भने आवश्यक समन्वय, सूचना पहुँच, कर्मचारी उपस्थिति तथा कार्यक्रम सञ्चालनमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। सिंहदरबारमै स्थायी भवन पुनर्निर्माण नभएसम्म यो प्रिफ्याब संरचनाबाटै स्वास्थ्य मन्त्रालयले आफ्नो नियमित कामकाज अघि बढाउनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराजको आरोप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
तातोपानी नाकाबाट भित्रिए सात अर्बका विद्युतीय गाडी
विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त्य गर्ने श्रममन्त्रीको घोषणा
विदेश जाँदा श्रमिकले ऋण लिनुपर्ने बाध्यता अन्त्य गर्ने श्रममन्त्रीको घोषणा
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
कञ्चनपुरको मोहना नदी—दैजी सडक निर्माणको ठेक्का तोडियो
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
महामन्त्री शर्माको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
सामाजिक सञ्जालबाट भ्रम फैलाए कारबाही हुन्छ : गृह मन्त्रालय
खराब मौसमले जय ट्रफीको फाइनल खेलमा ढिलाइ
खराब मौसमले जय ट्रफीको फाइनल खेलमा ढिलाइ