गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २१, २०८०
|
|
४० पटक हेरिएको
Shares
गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

सारांश

  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।
  • बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
  • फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो ।

२१ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलकाे हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् । गण्डकीमा निर्णायक देखिएको राप्रपाले तत्काल कुनै पनि दललाई सत्ताकेन्द्रित गतिविधिमा साथ नदिने बताएपछि पाण्डेले राजीनामा दिएका हुन् ।

गण्डकीमा एमालेका २२, माओवादीका सभामुखसहित ८ जना सांसद् छन् । जुन संख्या सरकार बनाउन पर्याप्त छैन । २ सदस्य रहेको राप्रपाले गठबन्धनलाई साथ नदिंदा बहुमत नपुग्ने र ठूलो दलको हैसियतमा फेरि आफैं मुख्यमन्त्री हुने रणनीति पाण्डेको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । एकीकृत समाजवादी प्रवेश गरेर अहिले फेरि स्वतन्त्र हैसियत मागेका दीपक मनाङेलाई पाण्डेले भौतिक मन्त्री बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
वुमन्स डे कपमा नेपाल आज युगान्डासँग खेल्दै
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं
विपिन जोशीका आमा र बहिनी अमेरिकाबाट फर्किए काठमाडौं
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली
चीन भ्रमण बारे मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओली
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा
दीपक खड्काको घरमा तोडफोड : तीन जनाविरुद्ध साढे ७ करोडको मुद्दा