सेयर बजारमा २६ अङ्कको गिरावट, साढे ६ अर्बको कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १५, २०८३
|
|
३१९ पटक हेरिएको
Shares
सेयर बजारमा २६ अङ्कको गिरावट, साढे ६ अर्बको कारोबार

सारांश

  • साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ।
  • आज नेप्से परिसूचक २६.
  • १६ अङ्कले घटेर २७७०.

१५ वैशाख, काठमाडौँ ।

साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। आज नेप्से परिसूचक २६.१६ अङ्कले घटेर २७७०.२६ विन्दुमा ओर्लिएको छ । आज दिनभरिको कारोबारमा ३४९ वटा कम्पनीका १ करोड ४० लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा अन्य उपसमूह बाहेक बाँकी सबै उपसमूहका सूचकहरू राताम्मे देखिएका छन्। अन्य उपसमूह ०.७३ प्रतिशतले बढ्दा सबैभन्दा धेरै गिरावट होटल तथा पर्यटन क्षेत्रमा २.५६ प्रतिशत र उत्पादन तथा प्रशोधन क्षेत्रमा २.४६ प्रतिशत देखिएको छ। जलविद्युत उपसमूह पनि १.७४ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज पाल्पा सिमेन्ट शीर्ष स्थानमा रह्यो, जसको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भयो । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ लाख र कर्पोरेट डेभलपमेन्ट बैंक को ३० करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। आजको बजारमा हिमालयन बैंकको डिबेञ्चरका लगानीकर्ताले ६ प्रतिशत नाफा कमाएका छन् ।तर, कर्पोरेट डेभलपमेन्ट बैंक का लगानीकर्ताले सबैभन्दा धेरै १४.९९ प्रतिशतले गुमाएका छन्। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्यमा १०.२७ प्रतिशतको गिरावट आएको छ। कुल २१३ कम्पनीको सेयर मूल्य घट्दा ४२ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
सामाखुसीमा ढलभित्र छिरेका ३० वर्षीय युवकको उद्धार
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
हामी ओली सरकारको रैती होइनौं, अब सडकमा उत्रिऔं -सांसद सुमना श्रेष्ठ
पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध
पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि  छानबिन प्रक्रिया अघि बढाउने
मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीश थारु र महर्जनमाथि छानबिन प्रक्रिया अघि बढाउने
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक
प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक