खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
खानेपानीमन्त्री यादव स्पेन प्रस्थान

सारांश

  • खानेपानीमन्त्री प्रदीप यादव स्पेन प्रस्थान गरेका छन् ।
  • संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन मन्त्री यादव त्यसतर्फ प्रस्थान गरेका हुन् ।
  • मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार, कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

१५ असार, काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादव स्पेन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागी हुन मन्त्री यादव त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीका अनुसार, कार्यक्रम यही असार १७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ ।

विकासका लागि वित्तसम्बन्धी उक्त सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुने जनाइएको छ । स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स (एफएफडी–४)’ का लागि राष्ट्रंघका महासचिव एन्टेनियो गुटेरेस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री केपी शर्मा ओली शनिबार भ्रमणमा गएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
आज श्रीपञ्चमी, सरस्वती पूजा गरेर मनाइँदै
आज श्रीपञ्चमी, सरस्वती पूजा गरेर मनाइँदै
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला
धरानको भाटभटेनीभित्र जलेको अवस्थामा एक जनाको श*व फेला
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र  ‎
जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र ‎
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको मूल्य निर्धारण
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
ओली समूहमा परेनन् रघुजी पन्त, उपाध्यक्षमा दिए स्वतन्त्र उम्मेदवारी
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह
राष्ट्र बैंकद्वारा डिजिटल वित्तीय सेवा प्रयोग गर्न आग्रह