बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
बर्षाले कर्णालीका अधिकांश सडक अवरुद्ध

सारांश

  • बुधबारदेखि परेको बर्षाका कारणका कर्णालीका अधिकांश राजमार्गहरुको आवागमन अवरुद्ध भएको छ ।
  • बर्षाका कारण राजमार्गहरुमा पहिरो खसेपछि राजधानीसंगको सडक आवागमन अवरुद्ध भएको छ ।
  • बर्षाले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड, कर्णाली करिडोर र छिन्चु जाजरकोट सडक खण्डमा विहीबार दिनभर आवागमन अवरुद्ध भयो ।

२८ चैत, सुर्खेत ।

बुधबारदेखि परेको बर्षाका कारणका कर्णालीका अधिकांश राजमार्गहरुको आवागमन अवरुद्ध भएको छ । बर्षाका कारण राजमार्गहरुमा पहिरो खसेपछि राजधानीसंगको सडक आवागमन अवरुद्ध भएको छ । बर्षाले कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–जुम्ला सडकखण्ड, कर्णाली करिडोर र छिन्चु जाजरकोट सडक खण्डमा विहीबार दिनभर आवागमन अवरुद्ध भयो ।

कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो खसेपछि कर्णाली करिडोर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३ सिस्नेमा गएको पहिरो प्रहरी, यात्रु तथा स्थानीयको सक्रियतामा दिउँसोदेखि सञ्चालनमा आएको छ । रास्कोट नगरपालिका–८ भात्तडीमा गएको पहिरो प्रहरी, स्थानीय र स्काभेटरबाट पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख टेकबहादुर रावतले बताए । छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत राति १२ बजेदेखि अवरुद्ध भएको सडक विहीबार दिउँसोदेखि सञ्चालनमा आएको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–११ धारापानी नजिकै गंगटेमा पहिरो जाँदा हिजो रातिदेखि सडक अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि अहिले छिन्चु जाजरकोट सडक खण्डमा चल्ने सबै सवारी साधन सडकमै रोकिएका छन् भने यात्रु समेत प्रभावित भएका छन् । कतिपय नजिकका यात्रुहरु हिँडेर आउजाउ गर्न बाध्य भएका छन् । वर्षात तथा हावाहुरीले पोल ढल्दा बन्गाड कुपिण्डे नगरपालिका क्षेत्रमा रातिदेखि बत्ती नभएको र अन्यत्र पनि क्षति भएको उनको भनाइ छ । बुधवार साँझदेखि भीषणा वर्षा,हावा हुरी सहित चट्याङ पर्दा ढुङ्गा सहित पहिरो आएर राजमार्ग अवरुद्ध हुँदा सयौ यात्रु बाहक तथा मालबाहक सवारी अलपत्र परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुले गरे शपथग्रहण
हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने
हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ  : चन्द्र ढकाल
बजेट निर्माण गर्दा आयोगका सुझाव अनुरुप गरिनुपर्छ : चन्द्र ढकाल
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
जसपा नेपालछोडेका सबै नेताकार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
तुइनखोला पहिरो : १६० मिटर सडक ढाकिने गरी बन्यो २० मिटर अग्लो पहाड
सीमावर्ती सुरक्षा चुनौतीबारे हिन्दू सम्राट नेपालद्वारा ज्ञापनपत्र
सीमावर्ती सुरक्षा चुनौतीबारे हिन्दू सम्राट नेपालद्वारा ज्ञापनपत्र
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०
एमाले अध्यक्षको मत अपडेट : ओली ३३३, पोखरेल ११०