सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
४२ पटक हेरिएको
Shares
हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ।
  • पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो।
  • पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो।

२७ मंसिर, पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो।

पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो।  गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन्। यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ। आज थपिए सातौँपटक हुनेछ।

आज गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँगै सोही प्रकरणमा समातिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, जीबी राईका साझेदार रामबहादुर खनाल र लीला पछाईंलाई पनि कास्की प्रहरीले अदालत उपस्थित गराउँदै छ।  लामिछानेविरुद्ध  ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ।  रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
प्रचण्डको दाबी- एमाले छाडेर सबै यता आउँछन्
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
उज्यालो नेपाल पार्टीका १२० उम्मेदवार (सूची)
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
प्रचण्डले गरे सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?