हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
३२ पटक हेरिएको
Shares
हिरासत म्याद थप्न आज अदालत लगिँदै रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ।
  • पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो।
  • पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो।

२७ मंसिर, पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज फेरि अदालत उपस्थित गराइँदै छ। पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई थप समय हिरासतमा राख्न प्रहरीले आज जिल्ला अदालत कास्कीसँग अनुमति लिन लागेको हो।

पछिल्लोपटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको हो।  गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन्। यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ। आज थपिए सातौँपटक हुनेछ।

आज गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँगै सोही प्रकरणमा समातिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, जीबी राईका साझेदार रामबहादुर खनाल र लीला पछाईंलाई पनि कास्की प्रहरीले अदालत उपस्थित गराउँदै छ।  लामिछानेविरुद्ध  ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ।

यसबीच उनलाई रुपन्देही (बुटवल), काठमाडौँ, चितवन र पर्सा (वीरगन्ज) का विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ।  रविविरुद्ध पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा चितवन र पर्साको सानो पाइला सहकारी ठगीको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारको निर्णय
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
सालपा विकास बैंकको आईपीओ बाँडफाँटः ९ जना भाग्यशालीले प्राप्त गरे ११ कित्ता
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
ललितपुर महानगरले संगीत क्षेत्रका लागि चार बर्षे कार्य योजना बनाउने
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
बलिरामपुर नाकाबाट तस्करहरु तस्करी गर्न सकृय, रातारात भित्रियो सयौ पोका कपडा
मधेश प्रदेशसभाको बैठक बस्दै
मधेश प्रदेशसभाको बैठक बस्दै
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक  पक्राउ
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ
तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आगलागी
तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आगलागी