निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृ*त्यु
सारांश
- निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
- अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए ।
- जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए ।
२४ भदौ, काठमाडौं ।
निजामती अस्पतालमा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार मंगलबार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए । जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए ।

दुई जना घाइतेलाई भने थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको उनले बताए । यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो सोमबारको प्रदर्शनमा देशभरि गरेर कुल १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया