जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
सारांश
- नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘आफूले युद्धमैदानमा रगत बगाउँदा बगाउँदै देशले युद्ध हारेपछि दरबारले उल्टै लान्छना लगाएको अमरसिंह थापाजस्तो अनुभूति भएको’ भन्दै भावुक स्टाटस लेखेका छन् ।
- सोमबार साँझ उनले जीवनभरि नेपाल विद्युत् प्राधिकरण र देशको सेवा गरेको तर उल्टै लान्छित गरी जिन्दगीभरिको मिहिनेतले बनाएको घर जलाइएको भन्दै प्रश्न गरेका छन्, ‘मैले के बिराएँ ?
- ’ ‘कस्तो हुँदो हो, जब देशका लागि रगत बगाइ, रक्षा गर्दागर्दैको बेलामा मुलुकले हार्दा, अनि दरबारले कृतघ्न भई उल्टो लान्छना लाद्दा– त्यो क्षण– जब न देश आफ्नै, न दरबार आफ्नै, न त मन नै आफ्नै, सबै हारेको क्षण ।
३ मंसिर, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ‘आफूले युद्धमैदानमा रगत बगाउँदा बगाउँदै देशले युद्ध हारेपछि दरबारले उल्टै लान्छना लगाएको अमरसिंह थापाजस्तो अनुभूति भएको’ भन्दै भावुक स्टाटस लेखेका छन् । सोमबार साँझ उनले जीवनभरि नेपाल विद्युत् प्राधिकरण र देशको सेवा गरेको तर उल्टै लान्छित गरी जिन्दगीभरिको मिहिनेतले बनाएको घर जलाइएको भन्दै प्रश्न गरेका छन्, ‘मैले के बिराएँ ?’

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया