लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
२० पटक हेरिएको
Shares
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाईसहित अन्य दुई मन्त्रालयको जिम्मेवारी दिने भएकी छिन् ।
  • बालुवाटार निकट स्रोतले बताए अनुसार, घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिन लागिएको हो ।
  • कुलमानसहित अन्य दुई मन्त्रीको सोमबारका लागि शपथ तय भएको छ ।

२९ भदौ, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाईसहित अन्य दुई मन्त्रालयको जिम्मेवारी दिने भएकी छिन् । बालुवाटार निकट स्रोतले बताए अनुसार, घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिन लागिएको हो । कुलमानसहित अन्य दुई मन्त्रीको सोमबारका लागि शपथ तय भएको छ । दुई कार्यकाल प्राधिकरणको नेतृत्वमा रहेका घिसिङलाई लोडसेडिङ अन्त्य गरेको जस दिइन्छ ।

को हुन् घिसिङ ?

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्, जुन भूमिका उनले दुईपटक निर्वाह गरेका थिए । पहिलोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले मुलुकबाट लोडसेडिङ हटाउने कामको नेतृत्व गरेका थिए । तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी घिसिङलाई दिएका थिए । त्यसलगत्तकै तिहारमा काठमाडौंमा विद्युत कटौती नगरी उनले लोडसेडिङ अन्त्यको पहल थालेका थिए । प्राधिकरणको प्रबन्ध निर्देशक हुनुअघि उनले चिलिमे जलविद्युत आयोजनाको नेतृत्वसमेत गरेका थिए । तर, देशमा १८ घन्टासम्म रहेको लोडसेडिङ हटाउन उनले लिएको पहलका कारण उनलाई नेपालीले उज्यालो नेपालका प्रतीकका रुपमा लिने गर्छन् ।प्राधिकरणको प्रबन्ध निर्देशकको रुपमा पहिलो कार्यकालमा घिसिङले लोडसेडिङ हटाउनुका अतिरिक्त लामो समयदेखि घाटामा रहेको संस्थानलाई नाफामा गरेर समेत प्रसंशा कमाएका थिए ।

विद्युत् वितरण प्रणाली सुधार, पारदर्शी र प्रभावकारी व्यवस्थापन, बिजुली चोरीको न्यूनीकरण, र ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारका काम पनि उनले गरे । तर, डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको तर महसुल नतिरेको भनेर उनले कार्यकालको अन्त्यतिर विभिन्न उद्योगलाई काटेको छुट बिलले उनलाई विवादित बनायो । खास कानूनी आधारविना काटिएका ती बिलको भुक्तानी हालसम्म पनि हुन सकेको छैन । त्यस्तै, घिसिङ २७ साउन २०७८ मा दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए । यस कार्यकालमा भने उनले देखाउन लायक कुनै उपलब्धि हासिल गर्न सकेनन् । आफूले पहिलो कार्यकालमा काटेको छुट बिलसम्बन्धी विवाद समाधानमा उनी यो कार्यकालमा पनि चुके ।

यसअघिको केपी ओली सरकारले घिसिङलाई ११ चैत २०८१ मा प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा उनी सर्वोच्च अदालत गए पनि उनलाई पुन:स्थापनाका लागि सर्वोच्चले आदेश दिएन । पदमुक्त भएपछि उनले कुनै राजनीतिक पार्टी प्रवेश नगरे पनि उज्यालो नेपालका नाममा राजनीतिक गतिविधि भने गरिरहेका छन् । विगतमा उनलाई माओवादी निकट कर्मचारीका रुपमा चित्रित गरिए पनि अवकाशपछि भने उनले स्वतन्त्र रुपमा राजनीतिक अभ्यास गरेका थिए । vरामेछापको बेथानमा जन्मेका घिसिङले विद्यालय शिक्षा काठमाडौंबाटै हासिल गरेका थिए । उनले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक, पुल्चोक क्याम्पसबाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबिए गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ
पूर्वप्रधानमन्त्री माधव नेपाल विरुद्धको उजुरी प्रमाण नपुगेको भन्दै दरपीठ
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
१८ वर्ष पछि मलंगवा जुनियर जेसीजको नेतृत्वमा महिला
१८ वर्ष पछि मलंगवा जुनियर जेसीजको नेतृत्वमा महिला
मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी
मुस्ताङ भन्सारबाट ११ अर्बको समान निकासी पैठारी
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?