काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौँमा माइक्रोबाट खसेर ३८ वर्षीया महिलाको मृत्यु, चालक पक्राउ

सारांश

  •   काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ।
  •   शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा बा.
  • प्र.

१६ जेठ, काठमाडौं । 

काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको मृत्यु भएको छ।  शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा बा.प्र.०१-००२ ज ७०५७ नम्बरको माइक्रोबाट खसेर ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हो।

प्रहरी परिसर काठमाडौँका अनुसार महाँकालबाट सीतापाइलातर्फ आउँदै गरेको माइक्रोबाट खसेर परियारको मृत्यु भएको हो। उदयपुरको कटारी नगरपालिका-७ घर भएकी परियार नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएकी थिइन्।  दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?