सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ

सारांश

  • सवारी मुद्दामा १६ वर्षदेखि फरार रहेका २ जना पर्साबाट पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत कुर्मी छन् ।
  • तेलीविरुद्ध ०६४ बैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी दिएकी थिइन् ।

 

२९ माघ, काठमाडौं । सवारी मुद्दामा १६ वर्षदेखि फरार रहेका २ जना पर्साबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत कुर्मी छन् ।

तेलीविरुद्ध ०६४ बैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी दिएकी थिइन् । तत्कालीन समयमा तेलीले चलाएको ना.१ ह ९०७ नम्बरको टेम्पोले ठक्कर दिई राजेन्द्र साह सोनारको मत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई माघ २७ गते पक्राउ गरी सवारी ज्यान मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै आदेशप्रसाद कुर्मीको जाहेरीका आधारमा कुर्मी पक्राउ परेका हुन् । उनले चलाएको ना.३ प ९७१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ०६४ माघ ३ गते होरिल राउत कुर्मीको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापश्चात फरार रहेका उनलाई माई २८ गते पक्राउ परी सवारी ज्यान मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?