पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
३४ पटक हेरिएको
Shares
पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला

सारांश

  • पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ ।
  • माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो ।
  • गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो ।

२ वैशाख ,पोखरा ।

पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको छ । माघ १ गतेदेखि हटाइएका करार कर्मचारी सम्मेलित करार स्वास्थ्यकर्मी संघर्ष समितिले मंगलबार महानगर स्वास्थ्य महाशाखामा तालाबन्दी गरेको हो । गत मंसिर २८ गते बसेको पोखरा महानगरपालिकाको विशेष नगर सभाले माघ १ गतेदेखि करारका कर्मचारी हटाउने र लोकसेवामा माग फारम भरी बुझाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार महानगरले स्वास्थ्यका ५९ जना कर्मचारीलाई हाजिर गराउन रोक लगायो । महानगरको उक्त निर्णयविरुद्ध कर्मचारीहरू सर्वोच्च अदातल पुगे । सर्वोच्चले माघ १३ गते अन्तिम आदेशको टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो । तर, उक्त निर्णय कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीले तालाबन्दी गरेका हुन् ।यसैबीच माघ १० गते बसेको नगर सभाबाट संघ, प्रदेश सरकारसँगको साझेदारी तथा अन्य संघ संस्था साझेदारहरुसँगको सहयोग तथा साझेदारीमा सञ्चालित कार्यक्रमका

लागि भन्दै हटाइएका ३ कर्मचारीलाई महानगरले हाजिर गराएको छ । आन्दोलनरत कर्मचारीले अदालतको अल्पकालीन अन्तरिम आदेशको पालना गर्न र निकालिएका करार कर्मचारीलाई निशर्त पुनः वहाली गर्न माग गरेका छन् । यस्तै नीति, विधि र प्रक्रियाविपरीत मनोमानी तरिकाले ‘शुभलाभ’ का आधारमा विना प्रतिष्पर्धा नियुक्ति गरिएका ३ जना स्वास्थ्यकर्मीको नियुक्ति बदर गर्न उनीहरूको माग छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
मुग्लिन-नारायणगढ सडक खण्डको गाइघाटमा टिप्पर दुर्घटना, चालक गम्भीर घाइते
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
सबै समुदायलाई अवसर दिएर बीपीले लोकतन्त्रको अभ्यास गरेका थिए : गगन थापा
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
राज्यव्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा
भोजपुरमा एकै परिवारका चार जनाको ह*त्या
भोजपुरमा एकै परिवारका चार जनाको ह*त्या
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
महोत्तरीमा इँटाले हानेर एक युवकले गरे श्रीमतीको हत्या
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, निजामती सेवा विधेयकमाथि छलफल हुने
राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली
राजदेवी मन्दिरमा यस वर्ष १५ हजार २ सय ५१ बोकाको बली
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा