क्यानले घटायो टिकटको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
१११ पटक हेरिएको
Shares
क्यानले घटायो टिकटको मूल्य

सारांश

  •   आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य तोकिएको छ।
  •   नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाका लागि दुई सय र एक सय रुपैयाँ मूल्य तोकेको छ।
  • क्यानले नेपालको खेलका लागि दुई सय र अन्य खेलका लागि एक सय रुपैयाँ मूल्य तय गरेको हो।

२७ वैशाख, काठमाडौं । 

आईसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य तोकिएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाका लागि दुई सय र एक सय रुपैयाँ मूल्य तोकेको छ। क्यानले नेपालको खेलका लागि दुई सय र अन्य खेलका लागि एक सय रुपैयाँ मूल्य तय गरेको हो।  यसअघि ओमान र यूएईसँगको शृंखलामा महंगो टिकट मूल्यकै कारण दर्शक खेल हेर्न नआएपछि क्यानले घटाएको थियो। यो पटक क्यानले सुरुवातबाट नै टिकट मूल्य कम गरेको छ।

अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ। अघिल्लो शृंखलाबाट बसिर अहमदलाई बाहिर राख्दै इशान पाण्डेलाई समेट्दै टोली घोषणा भएको छ।नेपालले मंगलबारदेखि घरेलु मैदानमा त्रिकोणात्मक शृंखला खेल्दै छ। पहिलो खेलमा मंगलबार नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्नेछन्।  नेपालले दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ। आगामी सोमबार स्कटल्यान्ड र शुक्रबार अमेरिकाविरुद्ध खेल्ने तालिका छ।  नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन याद, अर्जुन कुमाल र करण केसी।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
काठमाडौं महानगर एक्सनमा : राजधानीको सबै डिजिटल बोर्ड हटाउन सुरु
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
एसईई परीक्षामा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुँदै
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले ४४ देशका राजदूतसँग छलफल गर्दै
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
सहकारी ठगी आरोपमा समातिएका म्याग्दीका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
डाबरको मह खान अयोग्यः बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
सिभिल अस्पताल पुगिन् रास्वपा सांसद डा. तोसिमा कार्की
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति
भारत–रूस बिच आणविक ऊर्जा, अन्तरिक्ष, व्यापारदेखि आर्कटिक सहयोगसम्म विस्तृत सहमति