बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ३, २०८३
|
|
१७९ पटक हेरिएको
Shares
बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै

सारांश

  •   सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ।
  •   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।
  •  नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो।

३ भदौ, काठमाडौं । 

सरकारले बिजुलीको महसुल घटाउने गृहकार्य तीव्र पारेको छ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ मा विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो।  नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृहकार्य अगाडि बढाएको हो।  यसैबीच प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता र वित्तविज्ञहरू सदस्य छन्।

अपराह्न ४ः०० बजे मन्त्रालयमा बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने छ। संयोजक शाहीले हाल वर्षायाममा उत्पादित विद्युत् बढी भइ खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको जानकारी दिए। वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी व्यहोर्नु परिरहेको जनाउँदै उनले ‘सिजनल ट्यारिफ’ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढाइने बताए।  सञ्चालक समिति सदस्य शाहीकाअनुसार उद्योगहरूलाई पनि सहुलियत दिने तयारी छ। उद्योगलाई वर्षायामको बिजुली सस्तो बनाउँदा उनीहरूले उत्पादन गर्ने सामानहरू उपभोक्तालाई कति सस्तोमा दिन सक्छ भनेर समन्वय पनि भइरहेको छ।

‘सिजनल ट्यारिफ’ गर्दा पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ,’ सञ्चालक समिति सदस्य शाहीले भने, ‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छ भनेर पनि छलफल भएको छ। हामी छिटै निर्णय गर्छौँ।’ सरकारले बिजुलीको कर बढाएको भनेर आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालय उपभोक्तालाई सहुलियत दिने उपाय खोजिरहेको छ। समिति बनाएर गृहकार्यमा लागिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप
धनुषाका वरिष्ठ सई निलम्बित, डीआईजी थपलियाको नाम बदनाम गरेको आरोप
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस
न्यायपरिषदको सदस्यमा दामोदर खड्का सिफारिस
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई
कांग्रेस बैठकमा सभापति देउवा नजाने, बोलाइयो शेखरलाई
एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी
एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता, सहमति प्रयास पनि जारी
केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : खड्का
केवल व्यक्तिलाई जोडेर बनाएको एकताले वीपीको उचाइ छुन सक्दैन : खड्का
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो
झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो