भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
भन्सार छलीको गाडी र १४ लाख नगदसहित ३ जना पक्राउ

सारांश

  • भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् ।
  • पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।
  • उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

२५ मंसिर, काठमाडौं । भन्सार छलीको गाडी र १४ लाखभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पनेहरूमा चिनियाँ नागरिक २४ वर्षीय सुइजुम्लुङ, अर्घाखाँचीको सन्दिखर्क नगरपालिका–१ घर भएका ४३ वर्षीय चिरञ्जीवी पौडेल र धनुषाको लोहोना घर भएका ३० वर्षीय बिक्की रन्जन जैसवाल छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नगरपालिका–१० बाट उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी नवराज अधिकारीले बताए । उनीहरूबाट भन्सार छलीको किया कम्पनीको बा २४ च ३२९३ नम्बरको कार, १४ लाख ६० हजार नगद, डेल कम्पनीको ५ थान ल्यापटप, सामसुङ कम्पनीको ए१६ मोबाइल ७ थान, २३ थान घडी, २ वटा आइफोन बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...