निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २२, २०८३
|
|
३५६ पटक हेरिएको
Shares
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने

सारांश

  •   निर्माण व्यवसायी महासंघले भन्यो– एक साताभित्र माग पूरा नगरे काम ठप्प हुन्छ नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कमजोर पूँजीगत खर्चका कारण देशभरका आयोजनाको काम रोकिएको जनाएको छ।
  • महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको बताएको हो।
  • मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले भनेको छ, ‘एक साताभित्र माग सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प पारिनेछ।

२२ वैशाख, काठमाडौं । 

निर्माण व्यवसायी महासंघले भन्यो– एक साताभित्र माग पूरा नगरे काम ठप्प हुन्छ नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको अत्यधिक मूल्यवृद्धि र कमजोर पूँजीगत खर्चका कारण देशभरका आयोजनाको काम रोकिएको जनाएको छ। महासंघले आइतबार पत्रकार सम्मेलन गर्दै निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको बताएको हो।

मंगलबार पत्रकार सम्मेलन गर्दै महासंघले भनेको छ, ‘एक साताभित्र माग सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प पारिनेछ।’ एकातिर इन्धनको मूल्यमा भएको उच्च वृद्धि अर्कोतर्फ पूँजीगत खर्च नभएको अवस्थाले निर्माण उद्योगलाई संकटमा पारेको हो। महासंघका अनुसार देशभरिमा ३२ वटा निर्माण व्यवसायी कम्पनीहरु छन्। चालू आर्थिक वर्षका लागि छुट्याइएको पुँजीगत बजेटमध्ये हालसम्म करिब २७ प्रतिशत मात्र खर्च भएको छ। पहिलाको रेटमा ठेक्क सम्झौता भएर काम भइरहेका आयोजनामा पनि डिजेल तथा मट्टितेलको मूल्य वृद्धिको असर परेको महासंघको भनाइ छ।

समयअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेलको मूल्य अहिले बढेर करिब २२५ रुपैयाँ पुगेको छ। सडक कालोपत्रेमा प्रयोग हुने बिटुमिनको मूल्य पनि दोब्बरभन्दा बढी पुगेको छ। यसैगरी सिमेन्ट, डण्डी लगायतका निर्माण सामग्रीको मूल्यवृद्धि र आपूर्तिमा आएको असहजताले अधिकांश आयोजना प्रभावित बनेको महासंघले जनाएको छ। मूल्य समायोजनको वर्तमान व्यवस्था प्रभावकारी नभएको र नेपाल राष्ट्र बैंकको सूचकांकले बजारको वास्तविक अवस्था समेट्न नसकेको उसको भनाइ छ। सार्वजनिक खरिद ऐन, २०६३ को संशोधन आंशिक रूपमा मात्र व्यवसायीमैत्री भएको महासंघको मूल्यांकन छ। ‘लो बिडिङ’ सम्बन्धी समस्या केही हदसम्म समाधान निकालेको महासंघले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी
१७ अर्बको अवैध कारोबार, समातिए २१ आरोपी
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
हेटौँडामा आठ किलो सुनसहित समातिए दुई भारतीय नागरिक
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
आइतबार तोलामा १६ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?
नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा
नेपाली सेनाका सहायक रथी अधिकारीको राजीनामा
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश