रौतहटको नदीमा बेपत्ता ३ बालबालिकामध्ये २ जना मृ*त फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २७, २०८३
|
|
११८ पटक हेरिएको
Shares
रौतहटको नदीमा बेपत्ता ३ बालबालिकामध्ये २ जना मृ*त फेला

सारांश

  •    रौतहटस्थित लालबकैया नदीमा मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना बुधबार बिहान मृत फेला परेका छन्।
  •   जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका-१ करुनिया नवासी करमे आलमका छोरा १० वर्षीय मोहमद रमतुला र सोही स्थानका हिसी अकतरकी छोरी १० वर्षकै सबनम खातुनका शव आज बिहान फेला परेका हुन्।
  •   ‘महमद आज बिहान ७:३० बजे घटनास्थलबाट अन्दाजी ५ किमि दक्षिण र सबनम ५.

२७ साउन, रौतहट ।  

रौतहटस्थित लालबकैया नदीमा मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जना बुधबार बिहान मृत फेला परेका छन्।  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका-१ करुनिया नवासी करमे आलमका छोरा १० वर्षीय मोहमद रमतुला र सोही स्थानका हिसी अकतरकी छोरी १० वर्षकै सबनम खातुनका शव आज बिहान फेला परेका हुन्।  ‘महमद आज बिहान ७:३० बजे घटनास्थलबाट अन्दाजी ५ किमि दक्षिण र सबनम ५.२ किमि दक्षिण लालबकैया खोला किनारमा मृत भेटिएका हुन्’, डीएसपी गौतमले  भने।

अस्थायी प्रहरी पोस्ट जिंगडवाबाट प्रहरी सहायक निरीक्षक लालबाबु सहनिको कमान्डको टोलीले उनीहरूका शव फेला पारेको हो।  ‘अब शवको कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमान्डमा टोली खटिएको छ’, उनले भने।   अब त्यही ठेगानाका सेफ खुर्सिदकी छोरी १० वर्षकै रौशन खातुन भेटिन बाँकी रहेको र खोजी भइरहेको डीएसपी गौतमले जानकारी दिए। रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउनेक्रममा आज तीन बालबालिका वेपत्ता भएका छन्। प्रहरीका अनुसार तीनै बालबालिका रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियास्थित लालबकैया नदीमा मंगलबार दिउँसो करिब २ बजे पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी
आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
पर्सामा १७६ किलो गाँजा बरामद
पर्सामा १७६ किलो गाँजा बरामद
ऐन जारी भएपछि मात्र शिक्षक आन्दोलन स्थगित हुने
ऐन जारी भएपछि मात्र शिक्षक आन्दोलन स्थगित हुने
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण
सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा
सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा
रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ
रास्वपालाई प्रचण्डले भने- तपाईंहरू जस्तै धेरै मत ल्याएर भाँडो न भुइँमा भएको नेता हुँ
काठमाडौँ उपत्यकामा हल्का वर्षा
काठमाडौँ उपत्यकामा हल्का वर्षा