धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १७, २०८२
|
|
२१ पटक हेरिएको
Shares
धोबीघाटमा जुट्दै कांग्रेस शीर्ष नेता

सारांश

  • कांग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ ।
  • बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ ।
  • चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा सहमति जुट्न सकेको छैन ।

१७ कात्तिक, काठमाडौं ।

कांग्रेसका शीर्ष नेताहरुको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजेदेखि ललितपुरको धोबीघाटमा बोलाइएको छ । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा सहमति जुट्न सकेको छैन ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने पक्षमा छन् भने चुनाव अघि महाधिवेशनमा जानु हुँदैन भन्नेमा पूर्व पदाधिकारीको समूह छ । यही बहसका बीच केन्द्रीय समिति बैठक स्थगित गर्दै तीन दिनदेखि कार्यसम्पादन समितिको बैठक बस्दै आए पनि सहमति जुट्न सकेको छैन। केन्द्रीय समितिको बैठक भोलि मंगलबारका लागि सारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ