यूएईविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, आसिफले पूरा गरे शतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
६८ पटक हेरिएको
Shares
यूएईविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, आसिफले पूरा गरे शतक

सारांश

  • एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन्।
  • मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्।
  • एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो।

२७ भदौ, अरब ।

एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन्। मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। उनको सानदार ब्याटिङको मद्दतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८५ रन बनाएको छ।

नेपालले फाइनलमा देव खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमाल र सन्दीप जोरालाई मौका दिएको हो। जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन्। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र यूएई दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपाल सन् २०२३ र यूएई २०२४ को संस्करणको विजेता टोली हुन्। एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र यूएईले १९ खेलमा एकअर्काको सामना गरेका छन्। जसमा नेपालले ११ र यूएईले आठ खेलमा जित निकालेको विगत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
सर्लाही भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
संखुवासभामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी
तोसिमालाई हराउँदै रास्वपा उपसभापतिमा सोविता गाैतम विजयी
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
एमाले प्रदर्शनमा पक्राउ परेका ६ जना रिहा, एक बैंकिङ कसुरका फरार अभियुक्त
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
सोलुखुम्बुमा कुटपिटका क्रममा छिमेकीको मृ*त्यु , कुटपिट गर्ने पक्राउ
४ महिने शिशु हत्या आरोपमा महिला पक्राउ
४ महिने शिशु हत्या आरोपमा महिला पक्राउ