Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २७, २०८१
|
|
३७ पटक हेरिएको
Shares
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु

सारांश

  • फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्युजले जनाएको छ ।
  • एआरवाई न्युजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ ।
  • अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् ।

 

२७ पुस,  पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार जना कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्युजले जनाएको छ ।

एआरवाई न्युजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ । घटना बिहीबार स्थानीय समय अनुसार ४:०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए । एआरवाई न्युजले रिपोर्ट गरेको अनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ ।

अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए । विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन् । एआरवाई न्युजका अनुसार चुनौतीपूर्ण मौसमका कारण सहयोगमा जटिलता आएको छ । यस्तै एउटा घटना मार्च सन् २०२४ मा बलुचिस्तानको हरनाईमा रहेको कोइला खानीमा १८ जना खानीमा फसेको थियो । उद्धारकर्ताहरूले सफलतापूर्वक १२ शवहरू निकाले र छ जना घाइतेहरूलाई उद्धार गरियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक, प्रधानमन्त्रीको भ्रमणदेखि नियुक्तिसम्म (निर्णयसहित)
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
‘जेनजी’ लाई विरोध प्रदर्शन गर्न प्रशासनले दिएन अनुमति
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ
एनपीएलमा सट्टेबाजी गर्ने ८ जना भारतीय पक्राउ
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने