Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १७, २०८१
|
|
५० पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरण: काठमाडौंमा रविको बयान सकियो, भोलि पोखरा पठाइने

सारांश

  • पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।
  • सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रविको बयान तीन दिनमा सकिएको हो ।
  • अन्तिम तेस्रो दिन आज करिब साढे ६ घण्टा लामो बयान लिइएको थियो ।

 

१७ मंसिर,  काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ ।सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रविको बयान तीन दिनमा सकिएको हो ।

अन्तिम तेस्रो दिन आज करिब साढे ६ घण्टा लामो बयान लिइएको थियो । शुक्रबारदेखि शुरु भएको उनको बयान आज सोमबार तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । आज बयान सकिएको र भोलि पोखरा पठाइदिने जनाइएको छ । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको अनुसन्धानका लागि लामिछानेलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका रविलाई भैरहवा लगेर पनि बयान लिइएको थियो । २ कात्तिकमा प्रहरीले पक्राउ गरेका लामिछानेलाई हालसम्म ५ पटक अनुसन्धानका लागि म्याद थपेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको घोटालाका विषयमा दायर भएको पीडितको जाहेरीका आधारमा जीवी राई, लामिछाने र छविलाल बन्जाडे जोशीविरुद्ध मुद्दा चलेको छ । अहिले आरोपितमध्ये प्रहरीका पूर्वडीआईजी जोशी र नेचर हर्ब्ससम्बद्ध रामबहादुर ढकालको बयान चितवनमा चलिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी , प्रकाशमान सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी , प्रकाशमान सिंहलाई
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
राज्यमन्त्री अरुनकुमार चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट
अर्थमन्त्री खनाल र जापानका राजदूतबीच भेट