लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
९१ पटक हेरिएको
Shares
लुम्बिनीको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् कार्यसूची

सारांश

  • लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।
  • सातौं हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्ने छ ।
  • पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने छन् ।

८ मंसिर, काठमाडौं ।

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्ने छ । पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने छन् । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र पनि सभामा सुनाइने छ ।

त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने क्रम सुरु हुने छ । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । थप विधेयकहरु प्रदेशसभामा पेश गर्नका लागि मन्त्रिपरिषद बैठकले स्वीकृति पनि दिइसकेको छ ।

लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृत दिएको हो । त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत ३१ भदौमा वर्षे अधिवेशन अन्त्य भएको थियो । एउटा अधिवेशन र अर्को अधिवेशनबीच ६ महिनाभन्दा बढी ग्याप हुन नहुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु, नेपालीको अवस्था के छ ?
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्य २७ अर्बले घटाइयो
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
डढेलो निभाउन अत्याधुनिक उपकरण र जनशक्ति छैन: वन मन्त्री ठकुरी
सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित
सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित
पशुपतिमा जलाउँदै गरेको शवको हड्डी बिक्री गरेको आरोपमा १ जना पक्राउ
पशुपतिमा जलाउँदै गरेको शवको हड्डी बिक्री गरेको आरोपमा १ जना पक्राउ