सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
१५४ पटक हेरिएको
Shares
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि त्यसको प्रभाव आशपाशका विभिन्न जिल्लामा फैलिएको छ ।
  • घटनाको विरोधमा सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ भने विराटनगरका अधिकांश शैक्षिक संस्था मंगलबार बन्द भएका छन् ।
  • आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि त्यसको प्रभाव आशपाशका विभिन्न जिल्लामा फैलिएको छ । घटनाको विरोधमा सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ भने विराटनगरका अधिकांश शैक्षिक संस्था मंगलबार बन्द भएका छन् ।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् ।

सोही घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, गोली चलाउनेमाथि कारबाही तथा प्रहरी दमन अन्त्यको माग गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो । आन्दोलनकारीसँगको छलफलपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यसअघि सोमबार पनि सिरहाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको थियो ।

यता, घटनापछि सुरु भएको प्रदर्शन र सम्भावित सुरक्षा जोखिमका कारण विराटनगरका विद्यालय तथा कलेजहरू मंगलबार स्वतःस्फूर्त रूपमा बन्द भएका छन् । विराटनगर महानगरपालिकाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि विद्यालयहरूले पठनपाठन स्थगित गरेका हुन् ।

महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार स्कुल बस सञ्चालनमा अवरोध हुन सक्ने सूचना र सुरक्षा चिन्ताका कारण अधिकांश शैक्षिक संस्था खुलेनन् । “महानगरले बिदा दिने निर्णय गरेको छैन, तर विद्यालयहरूले आफ्नै निर्णयमा पठनपाठन रोकेका हुन्,” उनले भने ।

सुनसरीको घटनालाई लिएर विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी रहेकाले सुरक्षा निकायले सतर्कता बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
गण्डकीका ऊर्जामन्त्रीले दिए राजीनामा
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
सडकको वालमा ठोक्किएर मोटरसाइकल र चालक,सहित त्रिशुलीमा खस्यो
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य
प्रतितोला १ हजार २ सयले बढ्यो सुनको मूल्य