सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण १२, २०८३
|
|
२५८ पटक हेरिएको
Shares
सुनसरी घटनाको प्रभाव : सिरहामा राजमार्ग अवरुद्ध, विराटनगरका विद्यालय बन्द

सारांश

  • सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि त्यसको प्रभाव आशपाशका विभिन्न जिल्लामा फैलिएको छ ।
  • घटनाको विरोधमा सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ भने विराटनगरका अधिकांश शैक्षिक संस्था मंगलबार बन्द भएका छन् ।
  • आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

१२ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि त्यसको प्रभाव आशपाशका विभिन्न जिल्लामा फैलिएको छ । घटनाको विरोधमा सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ भने विराटनगरका अधिकांश शैक्षिक संस्था मंगलबार बन्द भएका छन् ।

आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् ।

सोही घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयले प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, गोली चलाउनेमाथि कारबाही तथा प्रहरी दमन अन्त्यको माग गरेका छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको थियो । आन्दोलनकारीसँगको छलफलपछि सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ । यसअघि सोमबार पनि सिरहाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको थियो ।

यता, घटनापछि सुरु भएको प्रदर्शन र सम्भावित सुरक्षा जोखिमका कारण विराटनगरका विद्यालय तथा कलेजहरू मंगलबार स्वतःस्फूर्त रूपमा बन्द भएका छन् । विराटनगर महानगरपालिकाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि विद्यालयहरूले पठनपाठन स्थगित गरेका हुन् ।

महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार स्कुल बस सञ्चालनमा अवरोध हुन सक्ने सूचना र सुरक्षा चिन्ताका कारण अधिकांश शैक्षिक संस्था खुलेनन् । “महानगरले बिदा दिने निर्णय गरेको छैन, तर विद्यालयहरूले आफ्नै निर्णयमा पठनपाठन रोकेका हुन्,” उनले भने ।

सुनसरीको घटनालाई लिएर विभिन्न जिल्लामा विरोध प्रदर्शन जारी रहेकाले सुरक्षा निकायले सतर्कता बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत
वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते तोकियो
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो
वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो
विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित
विश्वकपमा घानाको रोमाञ्चक जित, पानामा १–० ले पराजित
सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो
सुनकोशीमा खसेको कारभित्र ४ यात्रु रहेको खुल्यो
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन फर्काइए
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
नवौँ भरौल गोल्ड कप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो
ताप्लेजुङ घटनाका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्यायो