वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ९, २०८२
|
|
५६ पटक हेरिएको
Shares
वीरगञ्जमा हैजा महामारी : २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचारत

सारांश

  • वीरगञ्ज महानगरपालिका आसपासमा देखिएको झाडापखाला र हैजाका कारण २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचाररत छन् ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर- १, ३, ११, १२, १३ र १६ का १९४ जनालाई झाडापखलाको लक्षण देखा परेको छ ।
  • तीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् ।

९ काठमाडौं ।

वीरगञ्ज महानगरपालिका आसपासमा देखिएको झाडापखाला र हैजाका कारण २२ जना आईसीयू र ६ जना एचडीयूमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर- १, ३, ११, १२, १३ र १६ का १९४ जनालाई झाडापखलाको लक्षण देखा परेको छ । तीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना अझै विभिन्न स्वास्थ्य संस्थामा उपचाररत छन् । नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, आशाराम अस्पताल, एडभान्स हस्पिटल, वीरगञ्ज हेल्थ केयर, नारायणी सेन्ट्रल, सर्वोत्तम, स्पर्स मल्टी स्पेसलिटी, प्रभु, भवानी, अली अर्त, निलकन्ठ एन्ड रिसर्च र तराई अस्पतालमा उपचार भइरहेको छ ।

६ भदौमा संकलित नमुनामा गरिएको परीक्षणमा ७१ जनामा आरडीटी मार्फत हैजा पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  संक्रमितको दिसाबाट संकलित ५२ वटा नमुनामध्ये २२ वटा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र ३० वटा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ । साथै, रोगको स्रोत पत्ता लगाउन तीन वटा पानीका नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। हैजा नियन्त्रण तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र डब्ल्यूएचओ नेपालसम्मिलित टोलीले जिल्ला विपद् व्यवस्थापन समितिसँग सहकार्य गर्दै उपचार सेवा, फिल्ड अनुगमन र रोग नियन्त्रण अभियान अघि बढाइरहेको छ । खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य मन्त्री प्रदीप पौडेलबीच छलफल भई पानीका स्रोत परीक्षण, कोलेरा परीक्षण किट तत्काल उपलब्ध गराउने, संक्रमितलाई तुरुन्त उपचार सुनिश्चित गर्ने, निजी अस्पतालमा निःशुल्क परीक्षण गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय उनले बताए ।

७ भदौमा स्वास्थ्य सचिवको अध्यक्षतामा मन्त्रालय, विभाग, मधेश प्रदेशका अधिकारी, वीरगञ्ज महानगर र सरोकारवाला निकायबीच भर्चुअल बैठक बसेर पानी तथा सरसफाइ क्लस्टरसँग सहकार्य गर्दै एकीकृत गतिविधि सञ्चालन गर्ने र अस्पतालहरू माझ प्रभावकारी समन्वय गर्ने निर्णय भएको छ ।

हैजाका मुख्य लक्षणमा बारम्बार पातलो पानीजस्तो दिसा, वान्ता, अत्यधिक तिर्खा, मुख सुक्ने, छाला चाउरिने, आँखाको पानी भित्र पस्ने, कमजोरी, थकान, पिसाब कम हुने, रक्तचाप घट्ने, मुटुको धड्कन बढ्ने र बेहोस हुनेसम्मका समस्या देखिन्छन् । हैजाको लक्षण देखिए लगत्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र तुरुन्त जीवनजल सेवन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले विशेष गरी गर्मी र वर्षायाममा पानीजन्य रोग फैलन सक्ने भएकाले उमालेर वा क्लोरिन प्रयोग गरेर मात्रै पानी पिउन, व्यक्तिगत र खानेकुराको सरसफाइमा ध्यान दिन, खुला ठाउँमा दिसा नगर्न र चर्पी प्रयोग गर्न तथा खानु अघि र दिसा–पिसापपछि अनिवार्य साबुनपानीले हात धुन सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ
एमालेको यात्रा विथोल्न खोजेको आरोपमा गोपाल किराँतीसहित १० जना पक्राउ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
रुग्ण भई बसेका आयोजनाहरूलाई पहिला सम्पन्न गर्नुपर्छ : मन्त्री श्रेष्ठ
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने
जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा
जेन-जीको दबाबपछि काठमाडौँको सुरक्षा व्यवस्था कडा
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ४८ हजार, कुन ग्रेडमा कति?
कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ
कश्मिर घटनाबारे मोदी- आतंककारीले कल्पना गरेभन्दा कडा सजाय हुन्छ
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप