भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
२८ पटक हेरिएको
Shares
भूमि मन्त्री अधिकारीको स्पष्टिकरणः घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो

सारांश

  •   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएकोबारे सार्वजनि अडियो आफूसँग सम्बन्धीत नभएको स्पष्टिकरण दिनुभएको छ ।
  • बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गर्नुभएको हो ।
  • उहाँले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्य आफूले कुनैपनि घुस नलिएको जिकिर गर्नुभयो ।

१ साउन, काठमाडौं । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएकोबारे सार्वजनि अडियो आफूसँग सम्बन्धीत नभएको स्पष्टिकरण दिनुभएको छ । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गर्नुभएको हो । उहाँले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्य आफूले कुनैपनि घुस नलिएको जिकिर गर्नुभयो ।

उहाँले विचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि चरित्र हत्या गरिएको जिकिर गर्नुभयो । उहाँले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नको लागि मन्त्रालय आएपनि आफूले अस्वीकार गरेको पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मन्त्रालय र मसँग जोडिएर आएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा बोल्ने व्यक्तिहरु मेरो सरोकारवाला छैनन् । सञ्चारमाध्यमले यसबारे गम्भीर भइदिनुहोला । जग्गाजमिन र सरुवाको विषयमा उजरी आएको सम्बन्धमा तत्काल हुन्छ नभए नियमित तरिकाले जान्छ । मन्त्रीमा भ्रष्टाचार गरेर खायो भनेर आएको छ ।

मेरो छोराको नाम पनि छन् । त्यहाँ मेरो चरित्र हत्या गर्न गरेको कुप्रयास हो । मैले भनेको नमानेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि मेरो र मेरो परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।’ मन्त्री अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो । मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख लिएको सुनिन्छ । यसअघी तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत मन्त्री अधिकारीको नाम पोल्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
त्रिदेशीय टी-२० आई शृंखला : आज नेपाल र नेदरल्याण्डस् खेल्दै
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
दुर्गा प्रसाईंलाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखियो
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन
बाल संगठनको अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
नेपाल प्रहरीद्वारा एक महिनामा ५२ करोड बढी राजस्व संकलन
गुल्मी–१ मा सागर ढकाल विजयी
गुल्मी–१ मा सागर ढकाल विजयी
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक
विराटनगर रथयात्रामा पत्रकार सोनुकुमार दास बने जीवनरक्षक