Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
११४ पटक हेरिएको
Shares
कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

सारांश

  • नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ ।
  • आवश्यक व्यवस्थापनको तयारी सकिएको हो ।
  • ललितपुरबाट र्याली समेत शुरू भएको छ ।

काठमाडौं ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आवश्यक व्यवस्थापनको तयारी सकिएको हो । ललितपुरबाट र्याली समेत शुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित ¥याली सुरु भएको हो । र्यालीमा सास्कृतिक झाँकी, बाजा, पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ । ललितपुरको कुपण्डोलबाट नेपाली कांग्रेसका नेता पूर्वमन्त्री श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, सह महामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, लगायतको नेतृत्वमा बाजागाजा सहित ¥याली शुरू भएको हो ।

यस्तै शकरदेव क्याम्पसबाट पनि विशेष महाधिवेशनको भव्य सफलताको नारासहित र्याली निकालिएको छ । महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गरिएको हो । सबै रुटबाट जुलुस निस्कने तयारी भइरहको गरिएको सचिवालयले जनाएको छ । जुलुस भृकुटीमण्डप प्रवेश गरेपछि औपचारिक उद्घाटन कार्यक्रम शुरू हुनेछ । विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । उद्घाटन समारोह सकिएपछि आजै बन्दसत्र पनि प्रारम्भ गरिनेछ । विशेष महाधिवेशन सोमबारसम्म सञ्चालन हुनेछ। दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका अनुसार जुलुस ललितपुरको कुपण्डोल तथा काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
नेपाली सेनाका रथी श्रेष्ठ बने यूएनको फोर्स कमान्डर
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
दुर्गा प्रसाईंविरुद्ध साइबर व्युरोमा उजुरी
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
योजना आयोगको बैठकलगत्तै मन्त्रिपरिषद्‌ बैठक बस्ने, त्यसपछि संसद्‌मा बजेट प्रस्तुत गरिने
कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
कांग्रेस सहमतिमा नआए संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारीमा सरकार
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
एकीकृत समाजवादी हाँक्ने जिम्मा राजेन्द्र पाण्डेलाई दिइँदै
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
दक्षिण कोरियामा १८१ यात्रु सवार विमान दुर्घटना : २८ जनाको मृत्यु
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा
वीरगञ्जबाट भन्सार छलीगरी ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा