यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
यस्ता छन् शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्‍ले गरेका निर्णयहरू

सारांश

  • सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू आज सार्वजनिक गरेको छ ।
  • १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ वैशाखमा सार्वजनिक गरेका हुन् ।
  • २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरेका शिक्षकका माग सम्बोधन गर्न १६ वैशाखमा सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको थियो ।

२१ वैशाख, काठमाडौं ।

सरकारले शिक्षकहरूका माग सम्बोधन गर्नका लागि मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू आज सार्वजनिक गरेको छ । १७ वैशाखको मन्त्रिपरिषद् बैठकबाट सरकारले गरेका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार २१ वैशाखमा सार्वजनिक गरेका हुन् । २५ चैतदेखि शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरेका शिक्षकका माग सम्बोधन गर्न १६ वैशाखमा सरकार सहमत भएपछि आन्दोलन फिर्ता भएको थियो ।

हेर्नुहोस् शिक्षकका माग सम्बोधनका लागि मन्त्रिपरिषद्‍ले गरेका निर्णय १. शिक्षकहरूको स्वास्थ्य उपचारको सन्दर्भमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने । २. अस्थायी प्रकृतिका राहत, अस्थायी, करार, साविक उच्च मावि, सिकाइ अनुदान र प्राविधिक धारका विशेष शिक्षक र बालविकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम सेवाबाट अलग हुँदाको बखत एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय । ३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालयका कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने । ४. आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक द्वितीय, निमावि तृतीय र मावि प्रथम श्रेणीका शिक्षकहरूलाई निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा राहत, अस्थायी, करार, साविक उच्च मावि, प्राविधिक धार र विषय शिक्षकका सबै शिक्षकको प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने कानुनी प्रबन्ध गर्ने । ६. सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने नियमावलीमा व्यवस्था गर्ने ।नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरुलाई पनि सूचिकृत गर्ने । ७. नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका सबै शिक्षक, पत्रकार र सुरक्षाकर्मीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने । ८. निम्न मावि तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड मावि द्वितीय श्रेणीका शिक्षकहरूको सरह हुने गरी कायम गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
जाजरकोट भूकम्पका घाइतेलाई केएमसीमा निःशुल्क उपचार गरिने
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
सामान्य अंक बढ्यो नेप्से, ११ अर्ब ८७ करोडको कारोबार
माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने
माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने
सरकारले यस वर्ष किन बन्द गर्‍यो स्थायी कर्मचारी भर्ना?
सरकारले यस वर्ष किन बन्द गर्‍यो स्थायी कर्मचारी भर्ना?
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन
डडेल्धुरा बस दुर्घटना अपडेट: मृतककाे संख्या पाँच पुग्याे
डडेल्धुरा बस दुर्घटना अपडेट: मृतककाे संख्या पाँच पुग्याे
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
सडक विस्तार गर्न हेटौंडामा बिहानैदेखि डोजर
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल