३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ६, २०८३
|
|
७११ पटक हेरिएको
Shares
३० अंक बढ्यो सेयर बजार, सबै सूचकमा वृद्धि

सारांश

  • अघिल्लो दिन ६ अंक घटेको सेयर बजार बुधबार ३० अंक बढेको छ ।
  • ३०.
  • ०८ अंक (१.

६ जेठ, काठमाडौं ।

अघिल्लो दिन ६ अंक घटेको सेयर बजार बुधबार ३० अंक बढेको छ । ३०.०८ अंक (१.१० प्रतिशत) बढेसँगै नेप्से परिसूचक २७५४ अंकमा कायम भएको छ । जुन अंक दिनभरको अधिकतम पनि हो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८२ करोडको भयो । आज कारोबार खुलेदेखि अन्तिम समयसम्म बजारको वृद्धि कायम रह्यो । २१ कम्पनीको मूल्य घट्यो भने २४८ को बढ्यो । एउटा कम्पनी (एनएलजी)को मूल्य स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । दुई समूह सूचक हाइड्रोपावर र होटल तथा पर्यटन सबैभन्दा धेरै १.८९ प्रतिशत बढे । त्यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार १.५१ प्रतिशत बढे ।

अपर लोहोरेखोला जलविद्युतको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै माउन्टेन हाइड्रो नेपालको ११.८८, बुंगल हाइड्रोको ७.५१, शिखर पावरको ६.१२, सिटी होटलको ५.९० प्रतिशत मूल्य बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.२६ प्रतिशत घट्यो । बोटलर्स नेपाल बालाजुको ३, तथा कुथेली बुखरी हाइड्रोपावरको २.०७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
लामो वार्तापछि अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
निरंकुशताको पक्षमा उठ्ने आवाज अपराध हो, आन्दोलन होइनः प्रचण्ड
गरुडाको तरकारी बजारमा आगोलागी
गरुडाको तरकारी बजारमा आगोलागी
भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा
भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
दुई छोरासहित हमासका वरिष्ठ नेता ड्रोन आक्रमणमा मारिए
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
व्यक्तिको खातामा सरकारले खर्च गर् भनेर पैसा पठाएमात्रै अर्थतन्त्र चलायमान हुन्छः पूर्वगभर्नर नेपाल
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै
चिसापानी–देउराली–बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै