बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २, २०८३
|
|
१०५ पटक हेरिएको
Shares
बूढीगण्डकी बाढी : ड्रोनबाट राहत वितरण

सारांश

  • बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ ।
  • बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्‍याइएको हो ।
  • गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए ।

१ कात्तिक, गोरखा ।

बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्‍याइएको हो ।

गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए । उनले ल्याएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट ड्रोनले पीडितको घरघरमा पुर्‍याइरहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।

‘वडानम्बर ३ को पाङसिङ, पाति, नाग्चेत र सिर्दिवासका करिब सात सय घरधुरीलाई पुग्ने गरी गृहमन्त्रीले सोलार लिएर आउनुभएको रहेछ’, उनले भनिन्, ‘हेलीले पालिकाको केन्द्रमा झार्‍यो, यहाँबाट ड्रोनले बोकीरहेको छ ।’

सोलार ओसारपसारका लागि दुई वटा ड्रोन गृहमन्त्री आफैले ल्याएका थिए । ड्रोन उडानमा सशस्त्र प्रहरीको चार जना प्राविधिक खटिएका छन् । नजिकैको स्थानमा वितरण भएपनि टाढा पुर्‍याउन भने समस्या भएको पालिका उपाध्यक्ष गुरुङले बताइन् ।

बाढीले सिर्दिवास उहिया मिनी हाइड्रोमा क्षति पुर्‍याएपछि सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध थियो । विद्युत समस्यालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ सोलार लिएर आफ्नो क्षेत्र पुगेका हुन् ।

क्षति पुगेको हाइड्रो मर्मत भएसँगै आजबाट सो क्षेत्रमा विद्युत सेवा समेत सुचारु भइसकेको छ । समितिले हाइड्रोको मर्मत गरेर सेवा सुचारु गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
फागुन महिनामा अब राष्ट्रिय सभाका तीनवटा मात्रै बैठक बस्ने
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने स्वदेशीभन्दा विदेशी पर्यटक धेरै
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटनामा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति सहित दुई युवकको मृत्यु
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...