यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

सारांश

  • सरकारले विद्युत् व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।
  • बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो।
  • सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिएको जानकारी दिइन्।

जेष्ठ २४, काठमाडौँ । सरकारले विद्युत् व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसद्‍मा पेस गर्न स्वीकृति दिएको जानकारी दिइन्।

https://press4k.com/

यस्तै सरकारले काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय गरेको छ। मन्त्री शर्माले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई तोक्ने निर्णय भएको समेत बताइन्।

https://press4k.com/

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हडताल गर्न निषेध गरी आदेश जारी गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने र माथिल्लो मैलङखोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वे को लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रूखहरू हटाउन स्वीकृति दिने निर्णय भएको छ।

https://press4k.com/

बैठकले बेल्जियमको ब्रसेल्समा जेठ २९ देखि ३२ गतेसम्म आयोजना हुने महानगरपालिकाहरूको शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ महानगरका मेयर बालेन्द्र साहको भ्रमण स्वीकृत गरेको छ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ