सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
सडकबाट कसैलाई अपराधीकरण गर्न मिल्दैन : अर्थमन्त्री

सारांश

  • अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् ।
  • सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताएका हुन् ।
  • उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए ।

१५ मंसिर, काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताएका हुन् । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानुनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पत्ति हुने उनको भनाइ छ । विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको उनले बताए ।

‘विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पत्ति आज हामीले प्रयोग गरिरहेका छौं । त्यसको स्वामित्व हस्तान्तरण भएर नेपाली लगानीकर्ताको हातमा आएको होला, कतिपय स्वामित्व हस्तान्तरण भएर नेपाल सरकारको हातमा पनि आएको होला । सम्पत्ति सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरू हुन्छन्, कानुनसम्वत ढंगले कुनै पनि व्यक्तिलाई अपराधीकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औला ठडाएर अपराधीकरण गर्न कानुनी राज्यमा मिल्दै मिल्दैन,’ उनले भने । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानुनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कपिलवस्तुका तत्कालीन वन अधिकृतसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न
सुरक्षित इन्टरनेट दिवसको अवसरमा वर्ल्डलिङ्कद्वारा इन्टरनेट साक्षरता सत्र सम्पन्न
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
पूजामा जान्छु भनेर हिँडेका पुरुषको श*व खोलामा भेटियो
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
जापान भ्रमण उपलब्धिमूलक रह्यो, विभिन्न परियोजनाबारे छलफल गरेँ : परराष्ट्रमन्त्री राणा
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग
रविलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने सरकारी वकिलको माग
आज देशभर सार्वजनिक बिदा
आज देशभर सार्वजनिक बिदा