सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुडानी सेनाको विमान बस्तीमा खस्यो, १० जनाको मृत्यु

सारांश

  • सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
  • राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको हो ।
  • उक्त विमान सेनाका उच्च अधिकारीहरू बोकेर सैन्य मिसनमा जाँदै थियो ।

१४ फागुन, काठमाडौं । सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको मृत्यु भएको हो । उक्त विमान सेनाका उच्च अधिकारीहरू बोकेर सैन्य मिसनमा जाँदै थियो ।

दुर्घटना बाक्लो बस्तीमा भएको थियो । त्यसैले कम्तिमा पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ । विमानको भग्नावशेष आवासीय घरहरूमा खसेको छ, जसले केही घरहरूमा ठूलो क्षति पुर्‍याएको छ । स्थानीय स्वयंसेवी समूहले दुर्घटनापछि अस्पतालमा गम्भीर रूपमा जलेका घाइतेहरू र दश शवहरू ल्याइएको जनाएको छ । सो समूहले बाँचेकाहरूमा गम्भीर चोटहरू रहेको पनि उल्लेख गरेको छ ।विमान दुर्घटनाको कारण खुलेको छैन । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले दुर्घटनाको कारण प्राविधिक गडबडी हुनसक्ने जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले विमान निकै होचो उचाइमा उडिरहेको र अचानक भुइँतर्फ खस्दै जाँदा आगो लागेको देखेको बताएका छन् । यो दुर्घटनाले सुडानमा जारी गृहयुद्धको संकटलाई थप गहिरो बनाएको छ । सुडानी सशस्त्र बल र अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स बीच २०२३ को अप्रिलदेखि चलिरहेको द्वन्द्वका कारण अहिलेसम्म २९ हजार ६०० भन्दा बढी मानिस मारिएका छन् । १५ लाभभन्दा बढी विस्थापित भएका अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सुनको मूल्य घट्दा चाँदी बढ्यो
सुनको मूल्य घट्दा चाँदी बढ्यो
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
सिंहदरबारभित्रै बाट हरायो सरकारी गाडी, खोजिदिन प्रहरीलाई पत्र
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा
सत्तारुढ दलले उपसभामुख पदको अवमूल्यन गरे : रास्वपा
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
रूपन्देही उपनिर्वाचनका सम्पूर्ण कार्यक्रमहरू रद्द
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
कारागारबाट भागेका ४ जना विदेशी कैदीबन्दी पक्राउ
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना