पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
७० पटक हेरिएको
Shares
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने

सारांश

  • जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ।
  • मौसमविद् प्रतिभा मानन्धरले भनीन्, ‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ।
  • विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुनेछ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ।

१५ असोज , काठमाडौँ- ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ।

मौसमविद् प्रतिभा मानन्धरले भनीन्, ‘बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुने छ। विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुनेछ भने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ।’ यो असर भोलि र पर्सीसम्मै रहने जनाइएको छ। तर ठूलो अनि लगातारको वर्षा भने नहुने उनले बताइन्। तर यसअघिको वर्षाले देशका सबै भूभाग गलेको हुँदा थोरै पानी पर्दा पनि बाढीपहिरोको सम्भावना रहेको जनाइएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ।

भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको उनले बताइन्। आज राति कोशीलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने छ र हल्कादेखि मध्यम वर्षा पनि हुने जनाइएको छ। असोज १६ गते कोशी, मधेश प्रदेश र बागमती र गण्डकी प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षा हुने छ। असोज १७ गते पनि सोही अवस्था रहेको विभागले जनाएको छ। कोशी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको विभागले सार्वजनिक गरेको बुलेटिनमा जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
बागमतीमा कांग्रेस र एमालेबीच २०-२० महिना मुख्यमन्त्री हुने सहमति
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
केपी ओली र रमेश लेखकलाई गलत ढङ्गले पक्राउ गरियो : एमाले
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
दुई ठूला पार्टीले देश लुट्न टेण्डर पारेको जस्तो गरे: राजेन्द्र लिङ्देन
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
देशभर पानी पर्ने, चार प्रदेशमा भारी’ वर्षाको सम्भावना
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव
सत्ता गठबन्धनको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, यस्ता छन् दलहरूले दिएका सुझाव