सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता

सारांश

  • प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
  • प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो ।
  • राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको थियो ।

२६ पुस,  काठमाडौं । प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल केन्द्रित रहेको थियो । राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीमा चियापान समारोह गर्दैछ । यसै सन्दर्भमा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग पनि भेटवार्ता गरिसकेका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा प्रचण्ड र माधव नेपाल भेटवार्ता चलिरहँदा लिङ्देन पुगेका हुन् ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीको अवसरमा आयोजित पार्टीको चियापान समारोहको निम्तो दिन लिङ्देनले प्रचण्ड र नेपाललाई भेट गरेका हुन् । ‘हामी निम्तो दिने कार्यक्रममै व्यस्त छौं,’ श्रेष्ठले भने, ‘स्वभाविक रुपमा तीन नेताबीच भेट भएपछि केही कुराकानी त हुने नै भयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
साढे ५ महिनामा विराटनगरको आन्तरिक आम्दानी २३ करोड ३५ लाख
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृ*त्यु
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
अम्पायरप्रति लक्षित टिप्पणीका कारण क्रिकेटर करण केसीलाई प्रतिबन्ध र जरिवाना
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
राष्ट्रिय दलित पत्रकार संघ बाराले गरे निर्वाचित दलित पत्रकारहरुलाई समान
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
जनकपुरधाममा २१ जोडीको सामुहिक विवाह
जनकपुरधाममा २१ जोडीको सामुहिक विवाह
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री
अपराधीले घेराबन्दी गरे, गति छाडें भने हाइहाइ भइन्छ : प्रधानमन्त्री