नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री

सारांश

  • महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताउनुभयो ।
  • उहाँले यही चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गर्नुभयो ।
  • “वषौँसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ ।

 

ललितपुर, १४ चैतः

प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ ।
महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताउनुभयो ।


उहाँले यही चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गर्नुभयो । “वषौँसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई गाली गरिएको छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने भनिएको जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”


प्रधानमन्त्री ओलीले औपनिवेसिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको बताउनुभयो । उहाँले पञ्चायती शासनकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठूला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो । आजदेखि यही चैत १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु
बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
धनुषाको मिथिला बिहारी नगरपालिकाको कृषि शाखा द्वारा मनायो २१ औँ राष्ट्रिय धान दिवस
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
एमाले बाजुराको पार्टी कार्यालयमा ताला, युवापुस्तालाई अवसर नदिएको आक्रोश
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
वाईसीएललाई प्रचण्डको निर्देशन : सबैखाले प्रतिगमनविरुद्ध खरो र दह्रो साबित गर्नुस्
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
सरकारी कार्यालयमा अब ‘टीएमएस’ नचल्ने
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित