विराटनगरमा गुडिरहेको टिपरमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३६ पटक हेरिएको
Shares
विराटनगरमा गुडिरहेको टिपरमा आगलागी

सारांश

  • जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरको १९ नम्बर वडाको मिलन चोकमा सोमबार दिउँसो गुडिरहेको टिपरमा आगलागी भएको हो।
  • प्रहरीका अनुसार मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो।
  •   सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकबाट सुनसरीको बर्जु गाँउपालिकातर्फ बालुवा लिएर जाँदै गरेको टिपरमा आगलागी भएको हो।

१५ वैशाख, मोरङ –

विराटनगरमा गुडिरहेको टिपरमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरको १९ नम्बर वडाको मिलन चोकमा सोमबार दिउँसो गुडिरहेको टिपरमा आगलागी भएको हो। प्रहरीका अनुसार मिलन चोकमा प्रदेश १–०२–००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो।  सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकबाट सुनसरीको बर्जु गाँउपालिकातर्फ बालुवा लिएर जाँदै गरेको टिपरमा आगलागी भएको हो।

टिपरमा आगलागी भए पनि इनरुवाका ३० वर्षीय चालक साजन सरदार भने सकुशल रहेका छन्। चालक सरदारले गाडी कुदिरहेको अवस्थामा आगलागी भएको र आफू भाग्न सफल भएको बताए। घटनापछि घटनास्थलमा पुगेको प्रहरीको टोलीका अनुसार टिपरको तारमा सर्ट भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ। आगलागीसँगै विराटनगरको वारुणयन्त्रले आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीपछि टिपरको अघिल्लो भागमा क्षति पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि बस्दै विपक्षी दलहरुको बैठक
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
वीरगन्ज महानगरले फोहोर फ्याँक्नेहरूबाट उठायो  छ लाख जरिवाना
वीरगन्ज महानगरले फोहोर फ्याँक्नेहरूबाट उठायो छ लाख जरिवाना
एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ
एमाले पोलिटब्यूरो बैठकमा कर्ण थापा र ओलीबिच सवालजवाफ
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
प्रयागराजमा सुरु भयो कुम्भ मेला, ४० करोड मानिस सहभागी हुने दाबी
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन–चाँदीको मूल्य , आज कतिमा हुँदैछ किनबेच?
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
हाम्रो सङ्घीयता टाउकोले टेकेर उभिएको छ : थापा
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
मंसिरमा नियमित नभए विशेष महाधिवेशन विकल्प हो : विश्वप्रकाश शर्मा
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
सशस्त्रका ३ डीआईजीको अवकाश
सशस्त्रका ३ डीआईजीको अवकाश