परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेटवार्ता गरेका छन्।
- बुधबार भएको भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
- भेटका क्रममा मन्त्री खनालले नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षलाई थप गहिरो बनाउन राजदूत श्रीवास्तवले गरेको प्रयासको प्रशंसा गरेका हुन्।
३१ भदौ, काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेटवार्ता गरेका छन्। बुधबार भएको भेटका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन उनले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। भेटका क्रममा मन्त्री खनालले नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षलाई थप गहिरो बनाउन राजदूत श्रीवास्तवले गरेको प्रयासको प्रशंसा गरेका हुन्।

उनले विशेषगरी ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार तथा कनेक्टिभिटी र जनस्तरको सम्बन्धमा भएका महत्त्वपूर्ण प्रगतिबारे राजदूत श्रीवास्तवसँग भलाकुसारी गरेका छन्।यस्तै, भोटेकोसीमा आएको विनाशकारी बाढीपछि भारतले नेपालप्रति देखाएको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको विपद् राहत सहयोगप्रति पनि मन्त्री खनालले आभार व्यक्त गरेका छन्। उनले राजदूत श्रीवास्तवको आगामी कार्यकाल तथा भविष्यका प्रयासका लागि शुभकामना दिँदै उनी आगामी दिनमा पनि नेपालको असल मित्रका रूपमा रहने विश्वास व्यक्त गरे। भेटमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति गहिरो आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि नेपाल-भारत सम्बन्ध थप प्रगाढ र समृद्ध हुँदै जाने विश्वास व्यक्त गरेका छन्। राजदूत श्रीवास्तवले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राईसँग पनि बिदाइ भेट गरेका थिए।

प्रतिक्रिया