सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
२४ पटक हेरिएको
Shares
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते

सारांश

  • सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते भएका छन्।
  •  दुहबी नगरपालिका ३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
  • इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोकि्कएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

२७ वैशाख, काठमाडौं ।

सुनसरीको दुहबीमा पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु २ जना घाइते भएका छन्। दुहबी नगरपालिका ३ स्थित फुटानी चौकमा दाउरा बोकेको पिक अप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

इटहरी-विराटनगर सडक खण्डमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र२-०१-००१च ०२५१ नम्बरको दाउरा बोकेको पिक अप भ्यान आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोकि्कएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत उदयपुर त्रियुगा नपा ८ राजाबासका ३० वर्षका प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको उनले जानकारी दिए।

टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर भएका खतिवडाको विराट टिचिङ अस्पताल बूढीगंगामा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बस्ने वर्ष ३८को सुरेश कार्की  टाउको र छातीमा चोट लागेको प्रहरीले जनाएको छ। चालकको छोरी वर्ष १४ की रोजिना कार्कीको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको विराट टिचिङ अस्पताल बूढीगंगामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
रुपन्देहीको अगरबत्ती उद्योगमा आगलागी, २ करोडको क्षति दाबी
बढ्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार ?
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
पक्राउ परेकी लुम्बिनी प्रदेशकी सांसद रेखा शर्मामाथि अनुसन्धान सुरु
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा
कानेपोखरीमा माओवादीको कार्यक्रमका लागि २ निजी विद्यालयले दिए बिदा