एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १०, २०८३
|
|
२८४ पटक हेरिएको
Shares
एभरेष्ट कलर लिमिटेडले जेठ २२ देखि आईपीओ निष्काशन गर्ने

सारांश

  • एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
  • कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ ।
  • कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.

काठमाडौं ।

एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

अब दोस्रो चरणमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न निर्देशन
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड
सुनको भाउमा लगातार बृद्धि, आज पनि बनायो नयाँ रेकर्ड
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते
नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
नयाँ पर्यटकीय गन्तव्य दुधेखोलाको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
एमाले रामेछापका नेता भन्छन् : सुशीला कार्कीलाई अमेरिकाले प्रधानमन्त्री बनायो
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन आवश्यक : प्रचण्ड
पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क। 
पशुपतिको विद्युतीय शव दाह अव निःशुल्क। 
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे