सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
२३ पटक हेरिएको
Shares
सिन्धुलीमा गाडी र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु, ९ जना घाइते

सारांश

  •   सिन्धुलीमा ईभी गाडी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
  • ९ जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव उपरीक्षक (डीएसपी) अनिलकुमार खड्काका अनुसार सिन्धुलीको तीनपाटन गाउँपालिका-१० औलडाँडाका २६ वर्षीय प्रेम रानामगरको मृत्य भएको हो ।

२१ चैत, काठमाडौ । 

सिन्धुलीमा ईभी गाडी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका नायव उपरीक्षक (डीएसपी) अनिलकुमार खड्काका अनुसार सिन्धुलीको तीनपाटन गाउँपालिका-१० औलडाँडाका २६ वर्षीय प्रेम रानामगरको मृत्य भएको हो । उनी मोटरसाइकल चालक हुन् ।

उनको नगरअस्पताल सिर्थौलीमा उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान करिब साढे ८ बजे दुधौली नगरपालिका-४ स्थित मदनभण्डारी राजमार्गअन्तर्गत सडकमा डकाहाबाट दुधौली जाँदै गरेको प्र २-०१-००१ प ७०११ नम्बरको मोटरसाइकल र उदयपुर गाईघाटबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३-०१ ज ४४५ को ईभी गाडी ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका ९ जना ईभी गाडीमा सवार व्यक्ति हुन् । ईभीका चालक उदयपुर त्रियुगा नगरपालिका-६ का ३८ वर्षीय वीरेन्द्रकुमार बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइतेहरुको नामावली

१. जिल्ला उदयपुर त्रियुगा न.पा.११ बस्ने  वर्ष ४३ की  रुक्मा बस्नेत खड्काको टाउकोमा चोट, अबस्था मध्यम । २. जिल्ला उदयपुर लालपत्ता गा.पा.६  बस्ने  वर्ष २९ की रोशनी माया तामाङ दुबै खुट्टा र ढाडमा चोट अबस्था मध्यम  (१०:३५ मा ट्रमा सेन्टर, काठमाण्डौं रिफर भएको ) । ३. जिल्ला उदयपुर त्रियुगा न.पा १० बस्ने वर्ष ७० की सकुन्तला बस्नेतको दुबै खुट्टा र बाया हातमा चोट, अवस्था सामान्य । ४. ऐ. ऐ. ११  बस्ने  वर्ष १६ को आकृत खड्काको टाउकोमा चोट, अबस्था सामान्य । ५. ऐ.ऐ. ६ बस्ने वर्ष ३५ की तारा बि.क.को  दुबै खुट्टा र दाहिने हातमा चोट, अबस्था मध्यम । ६. ऐ. ऐ. ११ बस्ने वर्ष ३७ को बिन्दा कटुवालको टाउँको, दुवै हात र खुट्टामा चोट, अवस्था मध्यम । ७  ऐ.ऐ. बस्ने वर्ष ७ कि सिजु राउतको बाँया खुट्टामा चोट, अवस्था सामान्य । ८. जिल्ला उदयपुर रौतामाई गा.पा.२ बस्ने वर्ष १७ को योन्जन खड्काको ढाडमा चोट, अवस्था सामान्य । ९. जिल्ला सिन्धुली दुधौली न.पा. ८ बस्ने वर्ष ४८ कि चुडा कुमारी मिश्रको दुबै खुट्टामा चोट, अवस्था सामान्य ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
खाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी
प्रहरीको घेरा तोड्दै संसद् भवनभित्र छिरे जेनजी
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
सर्लाहीमा नख्खु कारागारबाट फरार कैदी नियन्त्रणमा
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरी जेठ २६ गतेसम्म स्थगित
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल
जेनजी आन्दोलनमा ध्वस्त सीजी डिजिटल पार्कको अवलोकनमा अर्थमन्त्री खनाल
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झटको अवस्था आउन नदिन प्रधानमन्त्रीको निर्देशन
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
कृषि कर्जा मिलाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ