एमालेकी पूर्वनेतृले चढाएको ट्याक्सीमा हुईंकिए अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
२९ पटक हेरिएको
Shares
एमालेकी पूर्वनेतृले चढाएको ट्याक्सीमा हुईंकिए अर्थमन्त्री पौडेल

सारांश

  •   आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रमका लागि आएका अर्थमन्त्री विष्णु पौडेल आइतबार बिहान एउटा ट्याक्सीमा देखापरे ।
  • बुटवलको मिलनचोकस्थित ड्रिम होटेलबाट ट्याक्सी चढेका उनी पश्चिम दिशामा यात्रा गर्दै सुन्दनगरमा ओर्लिए ।
  • अर्थमन्त्रीसँग सरकारी गाडी नभएर ट्याक्सी चढेका भने होइनन् ।

१२ साउन, काठमाडौं । 

आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रमका लागि आएका अर्थमन्त्री विष्णु पौडेल आइतबार बिहान एउटा ट्याक्सीमा देखापरे । बुटवलको मिलनचोकस्थित ड्रिम होटेलबाट ट्याक्सी चढेका उनी पश्चिम दिशामा यात्रा गर्दै सुन्दनगरमा ओर्लिए । अर्थमन्त्रीसँग सरकारी गाडी नभएर ट्याक्सी चढेका भने होइनन् । यसको कारण विशेष छ । उनी चढेको ट्याक्सी एक महिलाले चलाएकी थिइन्, जो एमालेकै पूर्वनेतृ हुन् । पौडेलले नै डाकेपछि उनी आफ्नो विद्युतीय ट्याक्सी लिएर होटलसम्म आएकी थिइन् ।

पौडेलले वाग्लेलाई फोन गरेर उनको ट्याक्सीमा चढ्न चाहेको बताएका थिए । त्यहीअनुसार आइतबार बिहान ७ बजे वाग्ले बुटवलको मिलनचोकस्थित ड्रिम होटेल अगाडि आइपुगिन् । अर्थमन्त्री होटेलबाट निस्केर ट्याक्सीमा चढे । उनको सरकारी गाडी ट्याक्सीको पछि पछि गुड्यो । अर्थमन्त्रीले ओर्लेपछि भाडासहित टिप्स पनि दिएका थिए । ट्याक्सी चढेपछि पत्रकारहरुसँग बोल्दै अर्थमन्त्रीले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यवसायीकरुपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताए । इन्धनबाट चल्ने गाडीले प्रदुषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी चलाएकोमा उनले खुशी व्यक्त गरे ।

‘देवीजीलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुंदैन भन्ने सन्देश आम महिला र युवामा दिन उहाँको ट्याक्सी बोलाएको हुँ,’ पौडेलले भने, ‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले शुरु गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ । त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’ अर्थमन्त्रीले आफै फोन गरेर आफ्नो ट्याक्सी चढेकोमा खुशी देखिएकी वाग्लेले भनिन्, ‘महिला भएकै कारण केही यात्रुले बुक गरेको ड्राइभ क्यान्सिल गर्छन् । आज अर्थमन्त्रीज्यू चढ्नुभएर हौसला मिलेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलनको तयारी गर्दै गृहमन्त्री लेखक
संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलनको तयारी गर्दै गृहमन्त्री लेखक
अछाम केन्द्रबिन्दु भएर भूकम्प
अछाम केन्द्रबिन्दु भएर भूकम्प
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
     प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनलाई आज सम्बोधन गर्नुहुने, आजै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता     
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बाढीपहिरोमा परेर ५२ जनाको मृ*त्यु, उद्दार कार्य जारी
बाढीपहिरोमा परेर ५२ जनाको मृ*त्यु, उद्दार कार्य जारी
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ