सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

एमालेकी पूर्वनेतृले चढाएको ट्याक्सीमा हुईंकिए अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एमालेकी पूर्वनेतृले चढाएको ट्याक्सीमा हुईंकिए अर्थमन्त्री पौडेल

सारांश

  •   आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रमका लागि आएका अर्थमन्त्री विष्णु पौडेल आइतबार बिहान एउटा ट्याक्सीमा देखापरे ।
  • बुटवलको मिलनचोकस्थित ड्रिम होटेलबाट ट्याक्सी चढेका उनी पश्चिम दिशामा यात्रा गर्दै सुन्दनगरमा ओर्लिए ।
  • अर्थमन्त्रीसँग सरकारी गाडी नभएर ट्याक्सी चढेका भने होइनन् ।

१२ साउन, काठमाडौं । 

आफ्नो निर्वाचन क्षेत्र रुपन्देहीमा तीन दिने कार्यक्रमका लागि आएका अर्थमन्त्री विष्णु पौडेल आइतबार बिहान एउटा ट्याक्सीमा देखापरे । बुटवलको मिलनचोकस्थित ड्रिम होटेलबाट ट्याक्सी चढेका उनी पश्चिम दिशामा यात्रा गर्दै सुन्दनगरमा ओर्लिए । अर्थमन्त्रीसँग सरकारी गाडी नभएर ट्याक्सी चढेका भने होइनन् । यसको कारण विशेष छ । उनी चढेको ट्याक्सी एक महिलाले चलाएकी थिइन्, जो एमालेकै पूर्वनेतृ हुन् । पौडेलले नै डाकेपछि उनी आफ्नो विद्युतीय ट्याक्सी लिएर होटलसम्म आएकी थिइन् ।

पौडेलले वाग्लेलाई फोन गरेर उनको ट्याक्सीमा चढ्न चाहेको बताएका थिए । त्यहीअनुसार आइतबार बिहान ७ बजे वाग्ले बुटवलको मिलनचोकस्थित ड्रिम होटेल अगाडि आइपुगिन् । अर्थमन्त्री होटेलबाट निस्केर ट्याक्सीमा चढे । उनको सरकारी गाडी ट्याक्सीको पछि पछि गुड्यो । अर्थमन्त्रीले ओर्लेपछि भाडासहित टिप्स पनि दिएका थिए । ट्याक्सी चढेपछि पत्रकारहरुसँग बोल्दै अर्थमन्त्रीले राजनीतिक पहिचान समेत बनाएकी महिला नेतृले व्यवसायीकरुपमा ट्याक्सी चलाउनु अरु महिला र युवाका लागि प्रेरणाको विषय भएको बताए । इन्धनबाट चल्ने गाडीले प्रदुषण र व्यापार घाटा बढाइरहेको सन्दर्भमा देवीले विद्युतीय गाडी चलाएकोमा उनले खुशी व्यक्त गरे ।

‘देवीजीलाई हौसला दिन र कुनै पनि काम सानो–ठूलो हुंदैन भन्ने सन्देश आम महिला र युवामा दिन उहाँको ट्याक्सी बोलाएको हुँ,’ पौडेलले भने, ‘नेपाली समाजमा अझै पनि पुरुषले गर्ने कतिपय काम महिलाले शुरु गर्दा अविश्वास गर्ने, प्रोत्साहन नगर्ने परिपाटी छ । त्यसलाई अन्त्य गर्दै आफूसँग भएको सीपलाई आयआर्जनसँग जोड्नु राम्रो हो ।’ अर्थमन्त्रीले आफै फोन गरेर आफ्नो ट्याक्सी चढेकोमा खुशी देखिएकी वाग्लेले भनिन्, ‘महिला भएकै कारण केही यात्रुले बुक गरेको ड्राइभ क्यान्सिल गर्छन् । आज अर्थमन्त्रीज्यू चढ्नुभएर हौसला मिलेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
सांसद राईको कार्यकालमा स्वर्णलक्ष्मी सहकारीको साढे २ करोड अपचलन
सांसद राईको कार्यकालमा स्वर्णलक्ष्मी सहकारीको साढे २ करोड अपचलन
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो
ढल्केवर सबस्टेसन नजिकको जंगलमा डढेलो
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
मुगुमा आज पनि भूकम्प, ४.३ म्याग्निच्युडको धक्का
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुकविरुद्ध पक्राउ पुर्जी जारी