चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
३१ पटक हेरिएको
Shares
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्तो छ तालिका

सारांश

  • आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ ।
  • दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।
  • नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

११ साउन, चितवन ।

आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको जनाइएको छ ।

वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ गरेको हो । वितरण केन्द्रले जनाए अनुसार, भरतपुर १३२ / ३३ केभी सब स्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएरभन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने ( क्षमताले नधान्ने) अवस्था रहेको छ । तर, अहिले विद्युत् माग बढेर सो तारमा ४५० एम्पिएरसम्म विद्युत् प्रवाह हुँदा लोड धान्न नसकेको वितरण केन्द्रले सूचनामार्फत जनाएको छ । उक्त समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमा नै बसेनी सब स्टेशनबाट विद्युत् आपूर्ति गर्नेगरी अर्को ३३ केभी प्रसारण लाइन निर्माणको क्रममा रहेको बताइएको छ ।विद्युत लोड व्यवस्थापनमा आएको समस्या बुधबारसम्म हल हुने जनाएको छ विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्रकुमार झाले बुधबारसम्म वैकल्पिक व्यवस्थापन गरेर चनौली वितरण केन्द्रमा देखिएको विद्युतको अधिक भारको व्यवस्थापन गरिने बताए । डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम सोमबारसम्म सकिने बताए । उनले भने, म पनि हर्दीमा गएर निरीक्षण गरेर आएँविद्युतको समस्या भरतपुर र माडीमा मात्रै हैन पूर्वी चितवनका अन्य क्षेत्र टाँडी पर्सा भण्डारासम्म पनि छ । हर्दी स्टेशन चलेपछि यसको समस्याको धेरै समाधान हुन्छ ।हर्दी स्टेशनबाट विद्युत दिएर भरतपुर पर्साको लोड घटाउने र हर्दीबाट भरतपु महानगरपालिका वडा नं. १३ को देवनगर सवस्टेशनमा विद्युत पठाउने तयारी तीव्र गतिमा भएको डिभिजन प्रमुख झाले बताए । उनले देवनगर स्टेशन ३३ केभिएबाट सिधै जगतपुरमा लाइन सप्लाई गरेर अहिले भैरहेको चनौलीको लोडलाई कम गराउने उनको भनाइ छ । त्यसका लागि मंगलबार वा बढीमा बुधबारसम्म काम सकिने उनले जानकारी दिए ।

यस्तो छ लोडसेडिङ तालिका 

१. नारायणी-माडी फिडरहरू : बिहान ६:०० देखि ९:०० र दिउँसो ३:०० देखि ६:०० बजेसम्म ।

२. मेघौली-विजयनगर–शुक्रनगर फिडरहरू : बिहान ९:०० देखि १२:०० र बेलुका ६:०० देखि ९:०० बजेसम्म ।

३. जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२:०० देखि ३:०० र बेलुका ९:०० देखि १२:०० बजेसम्म ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
टस जितेको जनकपुरले ब्याटिङ रोज्यो, अनिलको स्थानमा त्रिपाठीलाई मौका
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारीविरुद्ध मुद्दा दायर
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
धनगढीमा मृत भेटिएकी युवतीको ह*त्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ