सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
टिकटक बन्द नगरे आइएसपीहरूलाई कारबाही गर्छौं : प्राधिकरण

सारांश

  • नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
  • प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो ।
  • प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ ।

२८ कात्तिक, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद्‌ले सोमबार गरेको निर्णय कार्यान्वयन गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको हो । प्राधिकरणको निर्देशन/आदेशको पालना गर्नु इन्टरनेट सेवा प्रदायकको कर्तव्य हुने भन्दै उसले निर्देशन पालना नगरे दूरसञ्चार ऐन, २०५३ को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुने पनि जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले टिकटकबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ अनुसार सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसके पनि केही सेवा प्रदायकको नेटवर्कबाट टिकटकमा अझै चलिरहेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

प्रधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ प्राधिकरणको निर्देश/आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्‍य हुने र सेवा प्रदायकले त्‍यस्तो निर्देशन/आदेशको पालना नगर्दा दूरसञ्‍चार ऐन, २०५३को दफा ४७ बमोजिम प्राधिकरणबाट कारबाही हुन सक्‍ने व्‍यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइएको छ ।’

प्राधिकरणको विज्ञप्ति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
भारतको नयाँदिल्लीमा भूकम्प धक्का, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको अपिल
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति
मन्त्रीहरुको अभिव्यक्तिप्रति सांसद यादवको आपत्ति
जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प
जाजरकोटमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
शिक्षकहरूका माग सम्बोधनका लागि सशक्त आवाज उठाउन रास्वपाको निर्देशन
हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ
हत्या गरी फरार रहेका ‘जोगी’ वृद्धाश्रमबाट पक्राउ
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित
‘सर्वोत्कृष्ट प्रहरी’ प्रसनी रागनी यादव आइजीपी कार्कीबाट ४० हजार नगदसहित सम्मानित
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे
सिद्धार्थ राजमार्ग अहिले अत्यन्तै दयनीय अवस्थामा पुगेको छ : सांसद डुम्रे