आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आषाढ ३२, २०८३
|
|
२८४ पटक हेरिएको
Shares
आन्दोलनरत कर्मचारीसँग सरकारले गर्‍यो मौखिक सहमति

सारांश

  • सरकार र करार, ज्यालादारी र अस्थायी कर्मचारी बीचमा मौखिक सहमति भएको छ ।
  •  सरकारले आउटसोर्सिङबाट कर्मचारी राख्न करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने तयारी गरेपछि त्यसविरुद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रेका थिए ।
  •  मंगलबार र बुधबार विरोधमा उत्रिएका श्रेणीविहीन कर्मचारीसँग बुधबार साँझ सरकारले मौखिक सहमति गरेको छ ।

३२ असार, काठमाडौं ।

सरकार र करार, ज्यालादारी र अस्थायी कर्मचारी बीचमा मौखिक सहमति भएको छ । सरकारले आउटसोर्सिङबाट कर्मचारी राख्न करार, ज्यालादारी र अस्थायी कर्मचारी हटाउने तयारी गरेपछि त्यसविरुद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रेका थिए । मंगलबार र बुधबार विरोधमा उत्रिएका श्रेणीविहीन कर्मचारीसँग बुधबार साँझ सरकारले मौखिक सहमति गरेको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मौखिक सहमति बनेपछि श्रेणीविहीन कर्मचारीले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका छन् । अस्थायी, करार र ज्यालादारी कर्मचारी संयुक्त, संघर्ष समितिका संयोजक श्याम सापकोटाले सेवालाई निरन्तरता दिने गरी सहमति भएको जानकारी गराए । सापकोटाले  भने, ‘आउट सोर्सिङबाट कर्मचारी नराख्ने मौखिक सहमति भएको छ । सेवा सुविधा एकमुष्ट दिने कुरा भएको छ ।

बहिर्गमन गर्नुपर्नेलाई सम्मानजनक विदाइ गर्ने सहमति भएको छ ।’ आन्दोलनरत श्रेणीविहीन कर्मचारीले निजामति कर्मचारी सरह भत्ताको व्यवस्था हुनुपर्ने माग पनि राखेका छन् । संघर्ष समितिका अध्यक्ष सापकोटाका अनुसार हालसम्म कुनै व्यवस्था नभएको हुँदा यो विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने गरी मौखिक सहमति बनेको छ । करार, ज्यालादारी र अस्थायी गरी कुल ५७ हजार कार्यरत रहेको श्रेणीविहीन कर्मचारीहरूले जानकारी गराएका छन् । संघमा १४ हजार, प्रदेशमा ८ हजार र स्थानीय तहमा ३५ हजार श्रेणीविहीन कर्मचारी छन् । सरकारले खर्च कटौती र सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले करार, ज्यालादारी र अस्थायीलाई हटाउने तयारी गरेको थियो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै (१ साउन) श्रेणीविहीन कर्मचारीलाई हटाउन लागेपछि संघर्ष समिति बनाएर उनीहरू आन्दोलनमा उत्रिएका थिए ।

मंगलबार सामान्य प्रशासन मन्त्रीलाई भेटेका उनीहरूले त्यसैदिन अर्थ मन्त्रालयमा विरोध प्रदर्शन गरेका थिए । बुधबार सामान्य प्रशासन मन्त्रालयमा उनीहरूले विरोध गरेका थिए । प्रधानमन्त्री कार्यालयले श्रेणीविहीन कर्मचारीलाई बुधबार साँझ वार्ताका लागि बोलाएको थियो । प्रधानमन्त्री कार्यालयमा भएको दुई पक्षीय वार्तामा समयोजित भएका श्रेणीविहीन कर्मचारीहरूको व्यवस्थापन सामानय प्रशासन मन्त्रालयले गर्ने गरी सहमति जुटेको छ । श्रेणीविहीन कर्मचारीहरूका अनुसार २५ वर्ष भन्दा बढी सेवा अवधि गर्नेहरू पनि ज्याला, करार र अस्थायी कर्मचारीका रूपमा कार्यरत छन् । बुधबारको सहमति अनुसार मन्त्रिपरिषद्ले उनीहरूको हकमा निर्णय गर्ने वचन श्रेणीविहीन कर्मचारीहरूलाई दिइएको छ । सरकारले गरेको सहमति कार्यान्वयन नभए आन्दोलन निरन्तर हुने संघर्ष समितिका अध्यक्ष सापकोटाले बताए । उनी भन्छन्, ‘हामीसँग गरेको सहमति अनुसार सरकारले निर्णय गर्‍यो भने आन्दोलन रोक्छौं । होइन भने निरन्तर हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
राजासहितको नयाँ समझदारी निर्माणका लागि दबाब दिन राप्रपाको प्रदर्शन
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
सर्लाहीमा बेपत्ता युवक पोखरीमा मृ*त भेटिए
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
इजरायलले ४२ दिन थप्यो युद्धविरामको अवधि
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक
संसद्को कार्यसूचीबाट हट्यो भ्रष्टाचार विधेयक