एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ५, २०८३
|
|
८१ पटक हेरिएको
Shares
एमाले वरिष्ठ नेता भण्डारी चीन जाँदै, ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने

सारांश

  • एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।
  • भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
  • भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न भण्डारी चीन जान लागेकी हुन्।

पूर्वराष्ट्रपति एवं नेकपा एमालेका वरिष्ठ नेता विद्यदेवी भण्डारी बिहीबार चीन जाने तय भएको छ।

एमालेको वरिष्ठ नेता भएर सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।

भण्डारीले अक्टोबर २३–२५ मा चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ। भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न भण्डारी चीन जान लागेकी हुन्।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गरेको यो फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक र मिडियाका प्रतिनिधिहरू सहभागी हुनेछन्।

सीपीआईएफएले गत शुक्रबार दिएको जानकारी अनुसार ग्लोबल साउथ, युरोप र अमेरिकासहित करिब १०० देशका प्रतिनिधिले सहभागिता जनाउने निश्चित गरिसकेका छन्।

सीपीआईएफएले आयोजना गर्ने फोरममा बदलिँदो विश्व व्यवस्थाका बिच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबरस्पेस र अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती, एआईको सुरक्षित प्रयोग जस्ता विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको महाधिवेशन वैशाखमा नहुने
रास्वपाको महाधिवेशन वैशाखमा नहुने
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
तनहुँको बस दुर्घटनामा २ जनाको ज्यान गयो, २७ जना घाइतेलाई मणिपाल रिफर
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
माइक्रोबसमा स्याङ्जाबाट आउँदै गरेका यात्रुको श्वासप्रश्वासको समस्याले मृत्यु
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
रौतहटको दुई छुट्टाछुटै स्थानमा आगोलागी, रु १० लाख बराबरको क्षती
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
काँग्रेस—एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मैः प्रधानमन्त्री ओली
खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग
खुल्ने बित्तिकै बन्द भयो बिपी राजमार्ग
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको श*व फेला
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...