पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ८, २०८२
|
|
२३ पटक हेरिएको
Shares
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

सारांश

  • पाल्पामा शनिबार साँझ भएको टिपर दु*र्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।
  • माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।
  • यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय  चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो ।

८ चैत, पाल्पा ।

पाल्पामा शनिबार साँझ भएको टिपर दु*र्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।

यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय  चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो । शनिबार बेलुका झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो । दु*र्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।

३३ वर्षीय राजन चिदीलाई भने थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उनको पनि उपचारका क्रममा मृत्यु भएको डिएसपी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
निजी मेडिकल कलेजलाई कुनै पनि सहयोग नहुने स्वास्थ्यमन्त्रीको घोषणा
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
रिहा भएपछि रवीन्द्रको प्रतिक्रिया- अदालतले न्याय गर्दो रहेछ  
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
निजगढमा दु*ई मोटरसाइकल ठोक्किँदा दु*ई युवकको मृ*त्यु
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
मधेशमा सुशासनको नयाँ अभ्यास : योजना चिठ्ठी वितरणमा बिचौलिया संस्कृति अन्त्य
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
वायुसेवा निगमको लापरबाहीले आन्तरिक उडान पूर्ण रुपमा बन्द
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन
प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन